सरुवा ! जो मर्जी हजुरको ?

पोखरेली कान्छो

सरुवा हुन भन्दा जागीर खान सजिलो यो कथन आम कर्मचारी वृत्तमा सुनीने गरेको छ । हुन पनि हो जागिर आफ्नो मेहनत र बलबुताले खाने हो तर सरुवा अर्काको तजविजमा हुने कुरा हो तसर्थ माथीको कथन जायज छ । कर्मचारी जो कर्ममै रमाउने कर्ममै गौरव गर्ने र सा वापत ठेकिएको तनखा पाएर आफु र परिवारको भरणपोषण गर्ने वर्ग हो । उसले जागिर खाने सिलसिलामा पुर्व पश्चिम उत्तर दक्षिण भन्नु हँुदैन तजविजले जता लखेट्छ तेतै गएर काम गर्ने हो यो सिलसिला सेना प्रहरी निजामती बैक वित्तिय संस्था, सरकारी संस्थान अझ विकसित निजी संस्था समेतमा हुने गरेको नै छ । राणाकालिन प्रशासन देखि हालको वेवरीयन मोडेलको आधुनिक प्रशासनमा समेत उस्तै पारा र प्रक्रियामा चलेको छ । सिद्धान्ततः सरुवा गर्नु भनेको कुनै एक कर्मचारीलाई देश भित्र रहेका भिन्न भुगोल, संस्कृति, जाती धर्म भाषा सम्प्रदायको जानकारी लिने र तत् षेत्रका जनताको भावना बुझि सरकारी तवरवाट प्रदान गरीने सेवाहरु मार्फत जनजनको हित र कल्याण अभिवृद्धि गरी सुखी समृद्धि डोर्याउने हो तर यो भावना केवल संस्थाहरुका दस्तावेजमै मात्र सिमित बनाइएको पाइन्छ उक्त सिद्धान्त परिपुर्तिका लागी न जाने लाई प्रेरीत गरी पठाउने प्रचलन छ लानेले सो तर्फ पहल गरेको पाइन्छ ।

सैन्य र अर्धसैन्य संरचनामा समुहगत सरुवाको व्यवस्था हुनाले ती सरुवाहरु विशेष प्रकृतिको हुन्छ नै तर अन्य सार्वजनिक र सरकारी निकायहरुको सरुवा अहिले सम्म पनि तदर्थ नै भएको छ ती सवै निकायको मार्गदर्शक निकाय वा सेवा निजामती सेवालाई मान्ने गरीएको छ । निजामत िकर्मचारीको सरुवा गर्ने प्रचलन र नीतिलाई नै आफ्नो सरुवाको नीतिका रुपमा अंगाल्ने गरेका छन् । तर अहिले सम्मका सरुवा पद्धती र नीति हेर्दा यी प्रचलनहरुलाई कुरीती भन्दा फरक नपर्ने नै छन् ।

पंक्तिकारले जागिर खायो पश्चिम पहाडमा तर जव सरुवा हुने वेला भो तेतीवेला पो ठुलो निन्द्रा वाट व्युँझे झै झल्याँस्स भो भन्या । कतै सेवा शर्तको नियम कण्ठ गरी जागिर खाएको कान्छोलाई थाहा थियो अलि दुर्गम पहाडमा डेढ वर्षमा र अन्य स्थानमा दुइ वर्षमा सरुवा हुन्छ भनेर यसो कुरा बुझेर ल्याउँदा त त्यो झुटा सवित पो हुन थाल्यो । न्यनतम सेवा गरेपछि स्वतः अर्को जगाहामा जाने होला भनी ढुक्कै काम गरेको त अवधी पुग्दा समेत कसैले खोजी त गरेन नै अव आफै खोजी गर्नेपरो भनेको त के के कुरा पो सुन्न्न थालें वा । लौ खत्तम वर्वाद भो भन्ने लाग्न थाल्यो बडो छटपटी पो लाग्न थालो । कोही जाने ठाउँमा मेरो पद खाली हुनुपर्छ भन्चन त कोही फलानालाई फाल्न सके मात्रै जान पाइन्छ पो भन्छन वा । यो कान्छो ले अदालतमा जागीर गरेकै भएपनि त्यहि पो अन्याय देख्न थाल्यो । जेनतेन संयोगवस एक जना दाइले माथील्लो पदमा नाम निकालेर खाली भाको ठाउँमा तालुक अड्डामा काम गर्ने चिनेका दाजुले भनसुन गरेपछि बल्ल पो सरुवा भैयो ।

भन्न त के के कुरा हुन्छ तारे होटलका गोष्ठि अनि भाषणमा कसैले अनुमानयोग्य सरुवा हुनुपर्छ रे कोहीले चक्रिय सरुवा नै सबै विकृतिको अचुक उपाय हो भन्छन यस्ता मोटा मोटा कुरा गर्ने ति अमुक हाकिम सरुवा गर्ने बेला भने सारै हैरान भएको पाइन्छ कारण आसेपासे ढोके बैठके नेता मन्त्री आस्थाका मान्छेहरु भेला पारी उनीहरुको चित्त बुझाउने गरी सरुवा मिलाउनै हैरान अझ सरुवा हुने कार्यालयहरुको विभाजन गरी ग्रेडिंग गरी राखिएका समुहमध्य पहिलो नम्बरका अड्डामा जाने प्रतिस्पर्धाले त झन ति हाकिमको ज्यान खाने गरेको हुन्छ विचरा हाकिम अरुले पद्धती विगारेर आफ्नो हालत त्यस्तो भएको भनी अरुलाई सरापेर बस्छन तेतीबेलै उनलाई ख्याल हुँदैन की पछि आउने यसैगरी मलाई पनि गाली गर्ला भनेर । अहिले म बसेका बेला एउटा प्रणाली बनाइदिउँ र सबैलाई भुगोल संस्कृतिको परिचय हुने अवसर प्रदान गरौं सरुवाका बेला कल्लाइ कता हाल्ने अर्कोलाई कता फाल्ने अनि एउटा खुराफाती जवाफ पनि तयार गर्ने जस्ता मुटु पोल्ने काम गर्न नपरोस भनी सोच्ने फुर्सद निकाल्ने हिम्मत गर्न किन नसक्ने ।

कान्छोले यो विकृतिवाट वाक्क भएर विचमा सरुवा नहुने जागीर खाने विचार गर्यो तर त्यो जागीर झन् पोखरीको माछो झै लाग्न थाल्यो अनी त्यस सिमिततामा बस्नु भन्दा फेरी सुधार होला भनठानेर जागीर अर्को खान सफल त भयो यहाँ त झन पो खराव हुन थालेछ पदस्थापनामै कपटी गर्ने नयाँ तरिका व्यवस्थापनका नाममा प्रयोग गर्न थालिएछ । कान्छोलाइ स्पष्ट थाहा थियो घर पाएकके जिल्लामा जागिर खान जाने तर त्यो त रिक्त स्थानमै पारएिन अचम्म पो लाग्यो त । अघि तालिममा हुँदा अरु साथीले त्यो दावी नगर्लान भनेर सवैलाई दावी नगर्ने गरी सल्लाह मिलाएको थिएँ तर सब बर्वाद हजुरको मर्जि नहँुदा के हुन्थ्यो र ।

भरखरै मधेस आन्दोलन मत्थर भाको थ्यो त्यो वेला कति समयसम्म मधेशका कार्यालय हाकीम नपाएर निमित्तका भरमा थिए यति बद्तर अवस्था थियो कि विकासको प्रमुख सरकारी अधिकारी समेत नपाएर पशु डाक्टरसावलाई बनाउनुपरेको थियो त्यस्तो जिल्लामा गएर खर्च नियन्त्रण गर्ने गरी विकास अधिकारीलाई सहयोग गर्ने जिम्मेवारी लिएर कान्छो जय मधेश भनी मधेश झरेको थियो केन्द्रको र जिल्लाको रकम मिसाई किफायती रुपमा विकास कार्य गर्ने व्यवस्था मिलाउन गरेको मेहनतले अहिले पनि गर्व त हुन्छ तर कान्छो जिल्ला वाहीर भाको मौक छोपेर विभिन्न आरोप कान्छोलाइ लगाइएछ र हटाइपनि सकिएछ हजुरकै मर्जिले । पछि किन यस्तो भनेको मेरो सुरक्षाका लागी गर्नुपरो भनी हजुरको मर्जि भो तर कान्छो लाई थाहा भैसक्या थ्यो मेरो सुरक्षा भन्दा बढी त्यो वेला हजुरकै सुरक्षाको खातिर हजुरवाट त्यस्तो मर्जि भाको भन्ने कुरा ।

यस्ता घटनाहरु भैरहेका थिए प्रत्येक वर्ष । कसैलाई न्याय हुन्थ्यो जो पहुँचमा रहन्थे उनीहरुको पहुँचको कारण थियो मातृसंस्थामा काम गरी दिनहुँ हाकीमको नजिक पर्नेहरु, कोही पुराना सम्बन्धको थ्रो व्याक भएर आउँथे, केही थोरै मात्र यदाकदा सत्ताधारी या विपक्षका प्रभावसाली व्यक्तिका निकटहरु वा उनीहरुका पनि निकटका व्यक्तिहरु हजुरका खास मान्छे बने हजुरहरु सबैले भन्नु भो न्याय र निश्पक्षता हुनेछ कोही हजुरले त मापदण्ड भनेर कसलाई कुन मापदण्डले सम्बोधन गर्ने भनी योजनाबद्ध रुपमै बनाउनुभो र मापदण्डको अस्त्र प्रयोग गर्नुभो । कोही नामी हजुरका मुखैमा मापदण्ड राखी काम गर्न थाल्नु भो धेरैले आशा गरेका हजुरहरुले पनि पत्याइ नसक्ने कर्म गर्नु भो पारदर्शिताको पभिाषा नै बदल्ने चेष्टा गर्नु भो तर पनि हजुर महानै हो । हजुरले त बचन दिनु भो कसैलाई सक्किगो त्यह िनै न्याय भो कसैले अन्याय भयो समेत भन्न नपाउने व्यवस्था मिलाउनु भो त्यस्ता धेरै हजुरहरु आउनु भो आ आफ्नो डम्फु बचाउनु भो जानुभो कोही हजुर त घरै गइसक्नु भो उहाँहरु त घरै बसेर समिक्षा गर्दै हुनुहोला कोही हजुरहरु आफैले बनाएको र फलाएको प्रणालीमा अरु हजुरका सिकार बन्दै हुनुहन्छ या कोही क्षणिक पुरस्कार पाउदै हुनुहोला हेर्न बाँकी नै छ ।

त्यस्ता हजुरहरुले सहयोगी पनि गजबै पाउने गर्नु भएको छ कोही सहयोगीको जागिरै त्यतिमे वितेको छ लाग्छ त्यस्तो
कर्म गर्न उहाँहरु जत्तिको योग्य अरु त छँदै छैन सहायक देखि अधिकृत हुँदा समेत उनको पदस्थापन त्यही भैरहन्छ ताजुव लाग्छ यस्ता घटना देख्दा र सुन्दा । कोही त त्यसै कर्मलाई कमाउने गतिलो अस्त्र बनाउन माहिर अनि माथी अलि अलि भाग पुगाउन सक्ने त हजुरका नजरमा झन बहादुरै भैगे । दस्तावेजले एउटा कुरा बोल्छ त्यही बोल्ने कुराको मिठा मिठा वाक्य रचना गरी लेखपढ गरी हजुर बन्ने पढाउन समेत पछि नपर्ने काम कठैबरा भन्नुपर्ने । विचरो कान्छो अझै कति सरुवा खानुपर्ने हो पछिल्ला सरुवामा त न्याय होला भन्ने झिनो आशा राख्न नछोड्ने अटल प्राणी बन्दैछ । फेरी पनि हाकिमका दैलो ढकढकाउने छ र भन्नेछ सरुवा हजुर सरुवा तर मेरो त इच्छा यस्तो हजुर तर जो मर्जि हजुरकै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here