ब्रोइलर कुखुराको मासुभन्दा गुन्द्रुक महंगो

कोरोना कहरका कारण अहिले कुखुराको मासुभन्दा गुन्द्रुक मंहगो भएको छ । गत चैत्रदेखि शुरु भएको लकडाउन र भदौदेखि थपिएको निषेधााका कारण बजारमा ब्रोइलर कुखुराको मासु सस्तो र गुन्द्रुकको भाउ त्योभन्दा मंहगो भएको छ ।
अहिले व्रोइलर कुखुराको मासुभन्दा गुन्द्रुक किलोमै ५५ रुपैंयाले बढी पर्दछ । अहिले काठमाडौंमा ब्रोइलर कुखुराको मासु प्रतिकेजी २४० रुपैयाँमा कारोबार भइरहेको छ जब कि कालीमाटी फलफूल तथा तरकारी बजार समितिले शुक्रबारलाई तोकेको गुन्द्रुकको मूल्य २९५ रुपैयाँ रहेको छ। यो हिसाबले गुन्द्रुकको भाउ ब्रोइलर कुखुराको मासुको भाउभन्दा ५५ रुपैयाँसम्म बढी पर्न आउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here