उत्तरगयाँको क्वारेन्टाइनमा चरम लापरवाही,अध्यक्ष लम्सालको गैरजिम्मेवारीपनाले जिल्लाबासीलाई सास्ती

क्वारेन्टाइनबाटै फैलियो संक्रमण

लाखौं खर्चेर मापदण्ड विपरित निर्माण भएका जिल्लाका क्वारेन्टाइनहरु नै कोरोना संक्रमण फैलाउने स्थान बनेपछि जिल्लाबासीहरु चिन्तित बनेका छन् ।
रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा निलकण्ठ मावि,संघीय संसंद माननीय मोहन आचार्यको घरमा झण्डै १५ लाख खर्चेर क्वारेन्टाइनटाइन निर्माण गरिएको छ ।
पालिकाका यी क्वारेन्टाइनका लागि मात्र हालसम्म ७० लाखभन्दा बढी रकम स्वाहा भइसकेको छ ।
शुरुमा ४५ लाख क्वारेन्टाइनस्थल निर्माणका लागि र बाँकी स्वास्थ्यकर्मी,प्रहरीका लागि भत्ता,र खानाका लागि भन्दै ७० लाख खर्च सकाइएको देखाइएको छ ।तर क्वारेन्टाइनस्थलहरु भेडा बाख्रा राख्ने थलोजस्तै बनेका छन् ।

त्यही कारण निलकण्ठ माविमा निर्माण भएको क्वारेन्टाइनस्थलबाटै कोरोना संक्रमण फैलिएको छ ।
झारा टराई र अव्यस्थित तबरले निर्माण गरिएको क्वारेन्टाइनमा रहेकाबाटै अरुमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
खासमा संक्रमणको जोखिम कम गर्न क्वारेन्टाइनमा बसिन्छ । संक्रमणको शङ्का भएको तर, स्वस्थ व्यक्तिले स्वयंलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यूनीकरण गर्न क्वारेन्टाइनमा बस्ने हो । तर, रसुवामा भने यसको अर्थ नै उल्टो हुन पुगेको छ । संक्रमणबाट बचाउने स्थान नै फैलाउने बनेको छ । प्रंसग रहेको छ उत्तरगया गाउँपालिकाको निलकठ माविमा बनेको क्वारेन्टाइनको ।
सो क्वारेन्टाइमा बस्नेमध्यका एक हुन्, सागर नेपाल ।
उनी वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका थिए । त्यहाँबाट स्वदेश फर्किए । स्वदेश फर्कदा त्यहाँ पिसिआर परिक्षण गरे । रिर्पोट नेगेटिभ आयो ।
विदेशबाट फर्किएका व्यक्ति अनिवार्य १४ दिन क्वोन्टाइमा बस्नुपर्ने नियमलाइए पछ्याउँदै उनी पालिकाको बोगटीटारस्थित निलकण्ठ माविको क्वारेन्टाइनमा बसे ।
र दशौं दिनको दिन उनको स्वाब परिक्षण भयो ।
१३ औं दिनको दिन नेगेटिभ रिर्पोट आयो ।
तर सोही क्वारेन्टाइनको तल्लो तलामा बसिरहेका एक व्यक्तिको रिर्पोट पोजेटिभ आयो ।
क्वारेन्टाइनको मापदण्ड विपरित निर्माण गरिएको छ त्यहाँको क्वारेन्टाइनमा ।
जहाँ सबैलाई एउटै ट्वाइलेट बाथरुम, एउटा कोठामा ५ देखि ६ जना सम्म राखिँदै आएको छ ।
त्यही कारण सागर लगायतका क्वारेन्टाइनमा रहेकाहरुको पुन परिक्षण गरियो ।
र सात दिनमा रिर्पोट आयो ।
जहाँ सोही गाउँपालिकाको ४ नम्बर वडाका एक पुरुष र अर्काे महिला पनि थिए ।


उनीहरुको पनि रिर्पोट सागरको झैं पहिलो चरणमा नेगेटिभ नै आयो ।
दोश्रो पटक परिक्षण गर्दा समेत नेगेटिभ रिर्पोट आएका सागर तेश्रो पटक परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि क्वारेन्टाइन नै कोरोना संक्रमण फैलाउने स्थल बन्न पुगेको भन्दै उनीहरुले पीडा पोखेका छन् ।
अहिले त्यहाँ रहेका कर्मिडाडाँका दुई युवा पनि सागरले झैं समस्या झेल्दैछन् ।

पीडा पोख्दै सागरले भने,कोरोनाको त्यस्तो जोखिम भएको देशबाट आउँदा सुरक्षित ढंगले स्वदेश आइयो । तर आफ्नै देशमा आएपछि फसियो ।
क्वारेन्टाइनमा भेडा बाख्रा कोचेझैं राखेर स्वस्थ्य मान्छेलाई पनि कोरोना सारि छाडे ।

सोही क्वारेन्टाइनमा बसेका अमृत लामा उपेन्द्र लम्सालहरुको गैरजिम्मेवारीपनाका कारण आफूहरुले सास्ती भोग्न परेको सुनाउँछन् ।
“सोही गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल,पालिकाका कर्मचारीका हाकिम अर्जुन खत्री र अर्काे कर्मचारी गणेश रेग्मीहरु राजधानी तिर निर्वाध ओहोर दोहोर गरे पनि उनीहरुको कुनै परिक्षण गर्नुनपर्ने सिधै अफिस गएर काम गर्न मिल्ने अनि हाम्रो नोगेटिभ आउँदा पनि यस्तो सम्म दुख दिने ?” सोही क्वारेन्टाइनमा बसेका अर्काे एक पीडितले गुनासो पोखे ।
गाउँपालिकाको उपाध्यक्ष चमेली गुरुग चाहिँ शुरुमै निलकण्ठमै क्वारेन्टाइमा बनाइएको भए व्यवस्थित हुने बताउँछिन् । शुरुमा सांसदको घरमा क्वारेन्टाइन बनाइयो ।


पछि चौतर्फी विरोध भए पछि हतार हतारमा निलकण्ठमा क्वारेन्टाइन बनाइयो । त्यही कारण आज यो समस्या भोग्न पर्दैछ ।
यस्ले एकातिर खर्र्च बढायो नै अर्काेतिर जोखिम पनि बढाइरहेको छ । र अहिले क्वारेन्टाइनहरु पनि आइसोलेसन बन्न पुगेको छ ।
यता अहिले क्वारेन्टाइन स्थलबाटै जोखिम बढेको भन्दै चौतर्फी आलोचना बढेपछि अध्यक्ष उपेन्द्र लम्सालले आफ्नो गल्ती छोप्न अर्काे नाटक रचेका छन् ।
उनले क्वारेन्टाइनस्थलको आवश्यक अनुगमन र छानविनको लागि समिति गठन गरेका छन् ।
उनले उपाध्यक्ष चमेली गुरुगको संयोजकत्वमा,पाँचै वडाका अध्यक्ष,स्वास्थ्य शाखा प्रमुख,र सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने गरी समिति गठन गर्न भ्याएका छन् । र आगामी १८ गतेभित्र क्वारेन्टाइनस्थलको निरिक्षण गरी आवश्यक राय पेश गर्ने निर्देशन दिएका छन् ।

उपेन्द्रको गैरजिम्मेवारीपना कतिसम्म देखिन्छ भने गाउँपालिकाबाट नजिकै रहेको क्वारेन्टाइनको आवश्यक,अनुगमन र निरिक्षण गर्नका लागि समेत सात दिनको समय दिइएको छ । जबकी यस्ता बिषयमा २४ घण्टाभित्रै एक्सन लिनुपर्ने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here