एक माघले जाडो जान्छ र माननीयज्यू ?

म जनता समाजवादी पार्टी रसुवाको एक कर्याकर्ता । बिकास र समाजको लागि केही गर्न सकिन्छ भने गरौ भन्ने सोचका साथ राजनीतिमा लागेको व्यत्तिः। समाजमा विकास जसले गरे पनि हुन्छ। चाहे त्यो दल नेकपा होस वा काग्रेस वा त समाजबादी नै ।
हाम्रो पार्टी तत्कालीन नयाँ शक्ती पार्टीले ०७४ सालको निर्वाचनमा नेपाली काग्रेससँग चुनाबी तालमेल गर्यो । म आफनो पार्टी र चुनावी गठबन्धनलाई जिताउन मरि मेटेर लागिपरे । कारण आफ्नो स्वभाव नै यस्तै छ कि आफू लागेको काममा कसैलाई ठगी गर्ने स्वभाब छैन ।
चुनाब हाम्रो गठबन्धनले जित्यो । त्यसलगतैको दुई महिना पछि माननीय मोहन आचार्यज्युलार्इ भेटेर एउटा गोरेटो बाटो र कालिका गाउँपालिकाको वडा नम्बर ४/ ५ को सडक सञ्जाल स्तरउन्नती गरी पीचसम्मको काम क्षेत्र बिकास कोषबाट प्राप्त हुने रकमबाटै भए पनि अघि बढाइदिनुहोस न माननीयज्यू भन्ने प्रस्ताव लिएर गयौं । उहाँले हुन्छ र हस भनेर पठाउनु भयो ।
तर यो बीचमा तीन वटा बजेट आयो । तीन पटक नै बजेट वितरण भयो तर त्यो काम भएन ।

मैले न त व्यक्तिगत बजेट गोजीबाट हालिदिनुहोस भनेर मागेको थिए । न त बजेट मेरो श्रीमती,छोरा छोरी र सन्तानका लागि जागिर खुवाइदिनुहोस भन्न गएको थिए । समाजमा साह्रै समस्या र अप्ठ्यारो परेको बाटोमा विकास निर्माणको कुरा र प्रस्ताव न लिएर गएको थिए । मैले त विकास र निर्माणको प्रस्ताव लिएर गएको थिए । यदी त्यो काम भएको र गरिदिएको भए दुइ वटा वडाको जनता खुसी हुन्थे होला । उहाँ आफ्नै ओज बढ्ने प्रस्ताव न लिएर गएको थिए । तर पछि सुने उहाँ त जिल्लाका कांग्रेसी र त्यसमा पनि एक २ जना व्यक्तिले भनेको काम मत्र गर्ने रे।

तर मलाई यो काम गर्न अति नै इच्छा थियो । लकडाउनको समयमा हामी दुइ वडाको सचेत मान्छेहरु भेला भयौं लामगाडेमा । र पहलकदमी स्वरुप विष्णु पौडेलको अध्यक्षतामा सर्बदलीय समिती बनायौं । त्यहाँ जिल्लाका सबै माननीय लगायत सबै पार्टीका अग्रज नेताहरुलाई अनुरोध गर्ने हामीले निर्णय गर्यौं । र फोन गरेर अनुरोध गर्न थाल्यौ ।

कतिले हुन्छ भन्ने जवाफ फर्काए । कतिले माननीय र नेताहरुको दोश्रो पटकदेखी फोन उठ्न छाड्यो । तर पूर्व माननीय जनार्दन ढकालज्युले जवाफ फर्काउनु भयो अरु साथीले पनि आग्रह गरेका र भनेका छन । अहिले चौतर्फी कोरोनाको कहरको समय छ।सघबाट नसकिएला तर प्रदेशबाट भए पनि पहल गर्ने वचन दिनु भयो ।
नभन्दै केही समय पछि उहाँ आफैले फोन गरेर भन्नु भयो अहिले कोरोनाको महामारीका कारण एक करोड भन्दा बढी बजेट पार्न  सकिएन् । फेरी पछि पनि पहल गर्छु ।
यही कारण उहाँ र हाम्रो पार्टी आस्था र विचार फरक हो । तर विकास र निर्माणका लागि उहाँको सक्रियता र भूमिकाका कारण हामी उहालाई सम्मान गर्छौ। किनकी हामीले गत निर्वाचनमा गठबन्धन गरेर उहाँलाई पराजय गर्न सहयोग गरेका थियौं । चुनाबमा हामी प्रतिपक्षमा थियौ त्यो नैतिकताको कुरा थियो त्यतिबेलाको लागी ।यसरी नै उहाँले जनताको जनजीविकासँग जोडिएको काममा सहयोग गर्दै काम गर्नु भो भने अहिलेका जनता अन्धभक्त भएर मतदान गर्ने छैनन् । यसरी अन्धभक्त भएर मतदान गर्ने जनता अति नै कम छन् भन्ने मेरो भनाइ हो ।उहाँले बिकासप्रति देखएको तदारुकतालाई जुन शव्दले सम्मान गर्दा पनि कम हुन्छ । राजनीतिक कित्ता काटको काम गर्ने नेताहरुलाइ म के भन्न चाहन्छु भने एउटै माघले जाडो जाँदैन् । माघ एउटा मात्र आउदैन । घुमिफेरि अर्कौ माघ पनि आउँछ । हेक्का रहोस नेतागण । चेतना रहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here