२६८ जनाको परिक्षण,१ जनामा पोजेटिभ

 

सिंगो देश अहिले अहिले कोरोना कहरका कारण प्रताडित बन्न पुगेको छ ।अरु जिल्लाझैं रसुवा जिल्ला पनि कोरोना कहरबाट अछुत रहेन् ।

यो समयमा कोरोना रोकथाम र नियन्त्रणका लागि संघ र प्रदेशभन्दा स्थानीय सरकारहरुको भूमिका प्रभावकारी देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु रात दिन नभनी कोरोना रोकथाम र नियन्त्रणमा खटिएको देखिएको छ । तर स्थानीय तहमा श्रोत,साधन र जनशक्तिको अबस्था कस्तो छ ? कोरोना संक्रमितहरुलाई पहिचान गर्ने,आइसोलेसन वार्ड,क्वारेन्टाइनको अबस्था के छ त ? हामीले कालिका गाउँपालिको अध्यक्ष सीता अधिकारी (पौडेल)सँग यही जिज्ञासा राख्यौं :-

अहिले कोरोनाले विश्व नै त्रसित बनाएको छ । कोरोनाको कारण नेपाल पनि अछुत रहेन । देशभरी महामारी फैलदा पनि रसुमा भने अन्तिम अवस्थामा मात्र देखियो । यो नै गौरवको कुरा हो । चीनबाट भित्रिएको कोरोनाले सिमाना जिल्लामा नदेखिनुमा हामीले हाम्रो सुरक्षा संयन्त्रलाई कडाइ बनाएको रुपमा बुझ्नुर्दछ । साथै जिल्लाबासी स्थानीय दाजु भाई दिदी बहिनीहरुले पनि सरकारको नियम पालना गर्न सकेकाले उहाँहरुलाई धन्यवाद दिनै पर्छ । तर सरकारको दायित्वभित्रै पर्दथ्यो विदेशमा अलपत्र पारेका नागरिकहरुको उद्धार गर्नु । यसरी विदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गरी स्वदेश ल्याएपछि रसुवाका कही दाजुभाईहरुमा कोरोना संक्रमण पृष्टि भयो । जसमध्ये केही निको भएर फर्किए । साता दिन अघि मात्र कालिका गाउँपालिकाले फ्रन्ट लाइनमा खटिएका ९७ जनाको कोरोना परिक्षण गराएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । तर पालिकाभित्रकै एक चिकित्सकमा कोरोना संक्रमण पृष्टि भएको छ ।

हालसम्म पालिकाभित्रका २०७ जनाको परिक्षण भएकोमा १ जनामा मात्र कोरोना भाइरस पोजेटिभ देखिएको छ । क्वारेन्टाइमा अहिले जापनबाट फर्किएका एक जना हुनुहुन्छ । उहाँ क्वारेन्टाइनमा बस्नुभएको आज १३ दिन व्यतित भइसकेको छ । हामीले पूर्व तयारीका साथ कालिका विद्यालयमा ५० शैयाको क्वारेन्टाइन निर्माण गरेका छौं

यस्तै निलकण्ठमा १५ शैयाको आइसोलेसन वार्ड निर्माण गरेका छौं । भूकम्पपछि उठ्दै थियौं तर ०७२ सालको भूकम्पले तहस नहस भएको जिल्ला हो रसुवा । बाढी,पहिरोको जोखिम पनि उस्तै छ । धोबी खोला, राम्चेको पहिरो, मुलर्खकको पहिरोले रसुवालीहरुलाई हरेक बर्ष दुख दिइरहेको छ । रसुवामा परेको अत्याधिक बजेट यहि पहिरोले नै सकाउने गर्दछ । जेठबाट सुरु हुने जोखिम भदौंको अन्तिमसम्म दुख नै दिइ रहन्छ । वरिपरी वस्ने स्थानीयलाई पनि धेरै दुख दिएको छ । हामी निर्वाचित भए यता भूकम्पपछि ढलेका संरचनाहरु निर्माणमै केन्द्रीत रह्यौं । फेरि अर्काे विपत्ति आइपरेको छ । यद्यपि तीन बर्षेमा स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भयौं । तर हाम्रा लागि विल्कुलै नौला थियो । केही समय सिक्नमै व्यतित भयो ।यही बीचको महाभूकम्पका कारण रसुवा प्रभावित भयो । लामो समय पुनर्निमाणकै काममा जुट्यौं । पुर्ननिमार्णमा नै पहिलो पालिका बन्यो कालिका गाउँपालिका । यो अवधिमा हामीले आफ्नै भवन र वडा भवनहरुको निर्माण गर्न सक्यौं । यस्तै विकास निर्माणको क्षेत्रमा सडक निर्माणका काम तिव्रगतिमा अघि बढायौं । र, प्रत्येक वडामा सडकमार्ग पुर्याउन सफल पनि भयौं । यस्तै,गाँउ वस्तीमा खानेपानी पुर्यायौं ।

स्वास्थ्यमा हामीले जेष्ठ नागरिक तथा दीर्घ रोगीका लागि निशुल्क औषधिको व्यवस्था गरेका छौं । फोहोर व्यवस्थापनका शहरकोमात्र होइन गाँउको पनि मुख्य समस्या हो । फोहोरमैला व्यवस्थापनका लागि गाडी खरिद भएको छ । पालिकाभित्र एउटा पनि एम्बुलेन्स थिएन् । हामीले आन्तरिक स्रोत साधनबाट एम्बुलेन्स खरिद गर्यौं । स्याउबारदेखि मुलर्खकको बाटो सबैभन्दा डरलाग्दो बाटो थियो । आज त्यहाँको बाटोको मुहार फेरिएको छ । वडा नम्बर १,२ र ३ मूल सडकले छोएको छ भने ४ र ५ नंम्बरमा ग्राबेल हुने छ । कृषि पेशा गर्न चाहनेको लागि आवश्यक पर्ने सामानहरु अनुदान दिदै आएका छौं । यो आर्थिक बर्षमा हामीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमै केन्द्रित रहने छौं ।सँगसँगै भौतिक पूर्वधारको विकासलाई पनि लैजाने योजना छ । स्याउबारी नाममात्रको छ । त्यहाँ अहिलेसम्म व्यवस्थित बनाउन सकिएको छ । यो प्रचुर पर्यटकीय सम्भवनाको ठाउँ हो । यो बर्ष हामीले यो ठाउँलाई विशेष प्राथमिकतामा राखेका छौं । त्यस्तै ४ र ५ नंम्वर वडालाई सडकलाई कालोपत्रेको लागि संघ र प्रदेशमा पहल भइरहेको छ । शिक्षामा सुधार ल्याउने । राष्ट्रिय स्तरको खेलकुद ग्राउण्डको निर्माणका लागि पहल भइरहेको छ । अहिले विशेष अनुदान भनेर ५० लाख रकम हामीले पाएका छौं । यो बालमैत्री विद्यालय निर्माणका लागि खर्चने योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here