युद्धका कमाण्डरझैं सक्रिय जर्नादनको जीवनशैली

राजनीति भनेको सेवा हो र सेवा गर्नको लागि मन चाहिन्छ कुनै पद आवश्यक पर्दैन भन्ने कुरा रसुवाका संविधानसभा सदस्य जनार्दन ढकालले आफ्नो कर्म तथा मनले प्रमाणित गरिरहेका छन।
जनताको समस्यासंग सरोकार राख्ने र बिकास निर्माण गर्नलाई राजनीतिक नेतृत्वले ठीक समयमा आवस्यक पहलकदमी लिएर जनमुखी काम गर्ने कुरामा माननीय हुँदा होस या निर्वाचनमा पराजय बेहोर्दा, बिकास निर्माण र जनताको सेबा प्रतिको लक्ष्य र प्रतिबद्दता नै एक कुशल राजनीतिज्ञको महत्त्वपूर्ण कर्तव्य हो भन्ने मर्मलाई जनार्दन ढकाल प्रमाणित गरिरहेका छन ।
जनताले चुनाब जिताएर पठाए पछि रसुवाली जनताको हरेक सुख दुखका सारथी बनेका जनार्दन ढकालको सक्रियता चुनाबमा पराजित हुँदै गर्दा पनि कम भएको छैन। चुनाबी तालमेल र पार्टी भित्रैको केही समूह वा अन्तरघातका कारण चुनाबी नतिजामा पराजित हुन परेको तीतो यथार्थताकाबीच उनी निरन्तर सामाजिक काममा सक्रिय छन् ।
थोरै पैसा छरेजस्तो गरेर गरिने कस्मेटिक प्रचार र गर्दै नगरेको काम पनि गरियो भनेर गरिने प्रचारबाट आफूलाई टाढै राख्दै जनताको जीबनसँग प्रत्यक्ष सरोकार राख्ने काममा जनार्दन ढकालको सकृयता लोभलाग्दो भेटिन्छ ।

०७० सालमा जनार्दन ढकाल निर्बाचित भए पछि जिल्लामा उनको पहलमा परेका बजेट र बजेट कार्यान्वयनको अबस्था साच्चै नै प्रशंसा योग्य छन । राजधानी बाट नजिक रहेर पनि बत्तीमुनीको अध्यारो वा वाग्मति प्रदेशको कर्णालीको नियती भोग्दै आएको रसुवा जिल्लामा करोडौं माथिका दर्जनौं योजनाहरु छनोट गरि बजेट पार्न उनकै कार्यकालमा संभब भएको देखिन्छ ।
आहिले पनि उनै जनार्दन ढकालको पहलमा जिल्लामा कयौं बिकास निर्माणका काम भै रहेको छ । जिल्लाबाट निर्बाचित भएका भनिएकाहरु कहिले डोजर त कहिले मास्कको राजनीति गरिरहेकै बेला उनी जिल्ला र जिल्लाबासिको बिकासको लागि र जिल्लामा आबश्यक बजेट बिनियोजनका लागि कहिले काठमाडौ त कहिले प्रदेश राजधानी हेटौंडातिर कुदिरहेका भेटिन्छन र उनको पहलमा जिल्लामा सयौं योजनाहरु पार्न सम्मेत सफल भएका छन ।

आज पनि उनी जिल्लाको समस्याहरु र जिलाबासीको पीडामा मल्हम लगाउन र ती पीडाको सम्बोधन गर्न गराउनको लागि कहिले जिल्लामा त कहिले मन्त्रालयहरुमा जनताको समस्याको पोकाहरु बोकेर घमिरहेका भेटिन्छन । जनताको सेबा र सुख दुखको सारथि बन्छु भनेर राजनीतिमा होमिएका तिनै जनार्दनलाई मत पत्रको पराजयले कँहि कतै पनि बिचलित गराएको छैन बरु उनी अझै धेरै जनताको पीर, गुनासो र समस्यासँग हातमा हात र साथमा साथ दिइरहेका भेटिन्छन ।
कहिले भूकम्प त कहिले बाढी पहिरोले सताइरहने जिल्ला र जिल्लाबासीहरुको समस्या समाधानका लागि र राहात र उद्दार सम्मेतमा उनको भुमिका निर्बाचित संसदको भन्दा धेरै माथि देख्न सकिन्छ । ०७२ को महा भुकम्पको समयमा होस वा पैरेबेसी, टिमुरेमा पहिरोले बस्ती पुर्दै गर्दा होस या पहिरोले सडकहरु अबरुद्ध भएर खुलाउनको लागि पहलकदमी लिनका लागि उनी युद्धका कमान्डर जसरी आफ्ना जिल्लाबासीको लागि निरन्तर खटिरहेका भेटिन्छन ।

बिश्व कोरोना भाइरसले अक्रान्त भएर आम जनतामा डर पैदा भइरहेको समयमा उनै जनार्दन ढकाल जिल्लाबासिका निम्ति निरन्तर खटिरहेकै भेटिन्छन । निर्बाचितहरु कहिले २ डल्ला साबुन र मास्कको राजनीति गरिरहेकै बेला उनी कोहि पनि जिल्ला बासी भोकले मर्नु नपरोस भनेरै महामारीकै समयमा जिल्लामा सयौं बोरा चामल, मास्क , स्यानिटाइजर जस्ता अत्यावश्यक सामानहरु बोकेर जिल्लाका बस्ती बस्तीमा पुगे र आफू जनताको माझनै रहेको र जिल्लाबासिको समस्यामा हर सम्भब सहयोग गरिरहने भन्दै जिल्लामै केन्द्रीत भै रहेका भेटिन्छन ।

जिल्ला बासिहरुले झेल्नु परेका जस्तो सुकै समस्यामा पनि उनी अग्रमोर्चामा भेटिन्छन । बिरामी परेर आर्थिक आबस्था कमजोर भएर उपचार नपाइरहेकाहरुको लागि सहयोग गर्ने कुरामा होस या बिरामीलाइ प्रत्यक्ष भेटेर आत्मबल प्रदान गर्ने कुरामा होस उनी जनतासँग सरोकार राख्ने हरेक कुरामा आम जिल्लाबासीसँग हातमा हात मिलाइरहेका हुन्छन ।।
आफू निस्वार्थ जनताको सेबामा लाग्नकै लागि राजनीतिमा प्रबेश गरेको बताउने उनै जनार्दन ढकाल मतले पराजित भएता पनि आम जनताका मनहरु जितिरहेका छन र जनताको सेबामा निरन्तर लागिरहेका छन । जिल्ला र जिल्लाबासी प्रति उनको माया, सद्भाभाब र समर्पण देख्दा साच्चै उनलाई रसुवा जिल्लाले पाएको एक बहुमुल्य गहना भनेर भन्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here