हिजो बाटो बिराउनुभएका कांग्रेजीजन यी कारणले नेकपामै फर्कनुहोस

नेपाल कम्युनिस्ट पार्टी रसुवा पुर्ब कम्युनिस्टहरु घर फर्क अभियान छौ। बिशेष गरि पुर्ब एमाले , पुर्ब माओवादी र तत्कालीन नयाँ शक्ति लगायत हाल नयाँ काङ्ग्रेस बनाउन ठुलो ठेक्दारको लगानी र सानो ठेक्दारको झुटो आश्वासनमा इमान्दार कम्युनिस्ट सिपाहिहरुलाई खल्डोमा हाल्ने कामहरू भै रहेको छ । बन्धुकको नालमा कम्युनिस्ट राजनिति गरि अवसार प्राप्त पछि लात हान्ने काम गरि पूंजीवाद ठेक्दारमा राजनिती बेचेर फेरि रसुवामा काङ्ग्रेस समायोजनको नाममा पुरानो इमान्दार कम्युनिस्ट सिपाहिहरुलाई पैसाको बालमा चुनाब जिताई दिन्छु जस्ता झुठो आश्वासन दिई अल्मलाउने काम भैरहेको छ। यथार्थ के हो भने एउटा वडामा ४/५ जना सम्मलाई काङ्ग्रेसमा आउनु वडाध्यक्ष लड्न २० लाख रुपैयाँ सहित जिताउने जिम्मा लिएर काङ्ग्रेस फर्म भर्ने काम हुँदैछ। त्यसैले बेलैमा सचेत हुनु , सुन जोख्ने सय फेरा मान्छे जोख्नु रचिन्नु एक फेरा।
यो कारणले तपाईहरु नेकपा घर फर्किनुस्
१) कम्युनिस्टहरु हिजोको बिभाजनको शिक्षा , सैद्धान्तिक एकरुपता , दुई ठुला पार्टी मिलन, राजनिती स्थिरतारस्थायित्व र बिकास योजना गाउँमुखी अभियानका साथ सरकार यस्तो अप्ठ्यारो अबस्थामा पनि देशका लागि लागिपरिरहेका छन् ।
२) हाल कम्युनिस्ट सरकार भ्रस्टाचार भन्ने , पार्टी फुट्ने , केहि गरेन जस्ता अपत्यारिलो नाराहरु दिएर काङ्ग्रेसको झुठो खेतिको पछि लाग्नु पर्दैनन् । हाम्रो पार्टी कानुनी हिसाबले पाँच बर्षा फुट्न नमिल्ने , सैद्धान्तिक रुपमा एकता , प्राबिधिक रुपमा हालै कार्यदलले बुझाएको सुझावको आधारमा केन्द्र र प्रदेश सरकार पुनर्गठन सहित पार्टी एक ढिक्का हुदैछ ।
३) पार्टीले कसै ब्यक्ति समुहको घर बनाई दिने , नुन तेल हाल्दिने , घर चुलोमा चामल पिठो हाल्दिने होइन यो सरकार गठन गर्ने ,बिकास गर्ने र जनतालाई सम्मृद्दी बनाउने हो।
४) सरकार स् नेकपा दुई पार्टी एक भएर विशाल पार्टी भएको छ। बिकास र योजना सन्चालन गर्नका लागी अबको केहि दशक कम्युनिस्ट पार्टीको भबिश्य छ, अहिले स्थानीय सरकारलाई बिकास गर्न प्रदेश र संघ सरकारको ठुलो हात रसहयोग चाहिन्छ भने अहिले रसुवामा प्रदेश र संघमा नेकपा संसद जनप्रतिनिधि नभएकोले रसुवाको बिकास सोचेको जस्तो भएको छैन र पनि नेकपा रसुवाको पहलमा केहि बजेटहरु मार्फत बिकास योजनाहरु संचालन भैरहेको छ।
५) अहिले बिशेष गरि नेकपा बागमती प्रदेशमा ८० संसद छ भने काङ्ग्रेस २१ संसद छ अर्थात चार चौथाई कम छ भने संघमा पनि चार चौथाई काङ्ग्रेस कम छ ।त्यसैले रसुवा बाहेक बागमती प्रदेशमा काङ्ग्रेस धेरै कम छ।
६) रसुवा काङ्ग्रेसका उम्मेदवार जिताउन ती हिजोका तत्कालीन नयाँ शक्ति कम्युनिस्ट इमान्दार सिपाहीहरुले गठबन्धनको नाममा दियो ज्यान दिएर जिताए तर त्यो जिताए बापत पार्टी अराजनीतिक ब्यक्तिहरुले सो पार्टीको अस्तित्व नै मेट्ने गरि नाटक मन्चन गरि एकताको नाममा नक्कली सङठन खडा गरेर केही ब्यक्तिको विलय गरायो । त्यो काङ्ग्रेसको लागी घातक र रसुवाको राजनीति बेइमानी थियो । एकता र समायोजन केन्द्रको बहुमत सदस्य सहित काङ्ग्रेस र तत्कालीन नयाँ शक्तिको केन्द्रिय समितिको निर्णयबाट अनुमोदन गरि निर्बाचन आयोगले प्रमाणित बेगर एकता नाम दिएर दिउसो नै सपना देखायो ।
अन्त्यमा यी सिद्धान्त बिनाको राजनिती ,अराजनीतिक व्यबहार , बेइमानी राजनिती , झुट्को खेती , अराजक तत्वलाई परस्त र राजनितिक संस्करको बिकास गरि समग्र रसुवाको सम्मृद्धी हाम्रो सङ्कल्प हो। त्यसैले हाल बाकी रहेका तत्कालीन पुर्ब एमाले माओवादीबाट काङ्ग्रेस प्रवेश गरेका वा काङ्ग्रेस का प्रगतिशील साथीहरू र तत्कालीन नयाँ शक्तिबाट काङ्ग्रेस बन्न लगेका जुन गोसाइँकुण्ड गाउँ पालिका : ६ का पुरानो कम्युनिस्ट सिपाही लानम घलेको नेतृत्वमा ६२ जना साथीहरू फर्किसक्नु भयो तथा बाकी रहेका कम्युनिस्ट सिपाही साथिहरुलाई आफुले पसिना बगाएर बनाएको घर , सिद्धान्तमा आधारित पार्टी नेकपा र परिवर्तन प्रगतिशील समाजवादको लक्ष्यमा पुर्याउनका लागि सम्पुर्ण पुर्ब कम्युनिस्ट साथीहरूलाई एकता बद्धता भई आफ्नो पुरानो घर फर्किदिनु हुन हार्दिक अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here