लोक सेवा अनुभव : ‘काका र भाईलाई देखेर मैलेपनि पास गरें’ उपसचिव भण्डारी

स्कुलमा म औसत खालको विद्यार्थी थिएँ । घरको काम गर्दै एसएली गरेँ, आइए र बिए काम गर्दै पढेँ । रत्नराज्य क्याम्पसबाट स्नातकोत्तर गरेँ । ०६७ मा म भारतीय बोर्डको पाठ्यक्रम पढाइ हुने राजधानीका प्रतिष्ठित स्कुलहरूमध्ये एक रूपिज इन्टरनेसनल स्कुल, ताहाचलमा अंग्रेजी शिक्षक थिएँ । बिहान स्नातकोत्तरका विद्यार्थीहरूलाई पढाउने र साँझ रसियन र कोरियन विद्यार्थीहरूलाई पढाउँथे । औसत आम्दानी भएको जागिर गर्ने भएकाले मेरो आर्थिक हिसाबले पनि राम्रै थियो, जुन सरकारी जागिरभन्दा कम्ती थिएन । त्यस वेलाका नामी अंग्रेजी विषयविज्ञ र हाल परराष्ट्र सेवातर्फका सहसचिव घनश्याम भण्डारीजस्तै बन्ने मेरो सपना थियो । उहाँलाई आजसम्म पनि सबैभन्दा धेरै पछ्याइरहेको छु ।

शाखा अधिकृतदेखि उपसचिवसम्म
नागरिकता र पासपोर्टलगायतका कागजात बनाउन गए बाहेक सरकारी कार्यालयहरू बारेमा मेरो ज्ञान र अनुभव थिएन । मेरो मनमा सफल र उद्यमशील व्यक्ति बन्ने सपना थियो । ०६७ ताका लोकसेवाले मलाई आकर्षित गर्‍यो । त्यतिवेला मेरा काका र सरकारी सेवामा प्रवेश गरेका थिए । भाई २० वर्षमै सरकारी सेवामा प्रवेश गरेको थियो, शिक्षणका हस्ती काकाको पनि सरकारी सेवामै प्रवेशले मलाई तरंगित गर्‍यो । ०६७ को अन्त्यदेखि लोकसेवाको परीक्षा तयारी गरी पहिलोपटकमा नै ०६८ मा मैले शाखा अधिकृत पास गरेँ । त्यसको पाँच वर्ष पुग्नेबित्तिकै पहिलो परीक्षामा नै उपसचिवमा पनि सिफारिस भएँ ।

लोकसेवा आयोगको परीक्षामा मेरो अनुभव
लोकसेवाको तयारी सुरु गर्दा पाठ्यक्रम अनुसार नोट बनाएँ । सबैले प्रयोग गरेझैँ मैले पनि घोक्ने काम गरेँ । तर, कुनै एक आयाम घोकेर अरूको लागि पनि मिल्ने गरी सोधेमा लेख्न सक्ने गरी तयारी गरेँ ताकी कम समयमा धेरै तयारी गर्न सकियोस् तथा कम विषय स्मरण गरेर तयारी छरितो गर्न सकियोस् ।

लोकसेवा आयोगको परीक्षामा मेरो अनुभवः छरितो नोट बनाएँ,
जति वेला मैले लोकसेवा आयोगको परीक्षाको तयारी गरें, मैले सबैभन्दा पहिले त पाठ्यक्रम अनुसार नोट बनाएँ । नोट लामो र बोझिलो नभई छरितो र स्मरणयोग्य थियो । सबैले प्रयोग गरेझै मैले पनि कुनै शिर्षक वा विषयवस्तुको परिभाषा घोक्ने काम गरें भने उद्देश्य, महत्व, आवश्यकता, असर९प्रभाव, समस्या र समाधानका उपायहरूलाई कुनै एक आयाम घोकेर अरूको लागि पनि मिल्ने गरी सोधेमा लेख्न सक्ने गरी तयारी गरें । मैले उद्देश्य घोकेको भरमा अन्य सबै कुरा मिलाएर लेख्न सक्ने जुक्ति पनि लगाएँ ताकी कम समयमा धेरै तयारी गर्न सकियोस तथा कम विषय स्मरण गरेर तयारी छरितो गर्न सकियोस । सबै विषय घोक्न पनि सकिदैन र यदि घोकेमा परीक्षाको समयमा अलमल हुने, भुल्ने वा मिसिने पनि हुन्छ ।

भाषामा शुद्धता तथा लेखनशीपमा निखारता ल्याउने काम गरें,
प्राय परीक्षार्थीहरूको तयारी व्यापक तथा सैद्धान्तिक ज्ञानको किरो भएपनि भाषिक अशुद्धता, वाक्यगठन गर्न नसक्ने वा जानेको कुरा मिलाएर लेख्न जनान्ने, वा बढि लेख्ने गर्दा फेल भएका घटनाहरू धेरै छन् । मैले यही विषयमा सुधार गरें तथा पढेसँगै लेख्ने विषयमा राम्रै अभ्यास पनि गरें । विषयगत परीक्षाको लागि परिचय, पृष्ठभूमि, भूमिका वा निष्कर्ष परिच्छेदमा तथा अन्य विषय बुलेट वा पोईन्टमा लेखें । यसो गर्दा तोकेको समयमा तोकेको ढाँचामा तोकेको उत्तर लेख्न सकिन्छ । अन्यथा समय नपुग्ने, वढि समय लाग्ने वा लेखेको तरिका नमिल्ने हुने रहेछ ।

समय तथा तनाव व्यवस्थापन यसरी गरें,
जति जानेपनि जानेको कुरा तोकेको समयमा लेख्न सकिएन भने लोकसेवाको परीक्षा पास गर्न सकिदैन । त्यसैले ५ वा १० अंकको प्रश्नलाई कुल समयले भाग गरी समय छुट्टाई फर्म्याट अनुसार लेख्ने अभ्यास परीक्षापूर्व नै गर्नुपर्छ । यसो गरेमा सबै प्रश्नहरू उत्तिकै अंकभार तथा महत्वको हुने हुँदा साच्चिकै परीक्षाको दिनमा समय व्यवस्थापन हुने तथा परीक्षाको दवाव वा तनावपनि नहुने हुन्छ । घरमा परीक्षापूर्व यसरी तयारी गर्दा आफ्नो कमजोरी आफै थाहा पाउनको लागि मैले पनि मेरो साथी शिरिष उपाध्यायसँग मिलेर लेख्ने र एक(अर्काको उत्तर जाँच्ने काम गरें । यसले साथीभन्दा आफु कहाँ र कस्तो लेवलमा छु भन्ने पनि थाहा भयो । परिणामस्वरूप शिरिष जि र म सँगै पास पनि भयौं ।

स्वास्थ्यको हेरचाह र आनी बानी परिवर्तन गरें,
हुन त लोकसेवा कतिले लकसेवा हो भन्छन् तर मैले यसलाई ९५ प्रतिशत पढेको कुरा दिमागमा लक गरी बाँकी परीक्षा वरिपरि ५ प्रतिशत लकको पनि साथ हुने भन्छु । नमरी स्वर्ग देखिदैन भनेझै नपढी लोकसेवा पास भईदैन । तर लोकसेवा पढ्दा मैले मासु वा बढि चिल्लो पिरो खाने कुरा पनि खाईन ।

मायो क्लिनिकको अनुसन्धान अनुसार मासु खानाले यसलाई पचाउन शरिरलाई २४ देखि ७२ घण्टा लाग्ने (पुरूषलाई ३३ र महिलालाई ४७ घण्टाको औषतानुसार), चिल्लो वा पिरो खाना खानाले पेटमा गडबडी हुने हुँदा यस्तो खाने कुरामा पनि मैले नियन्त्रण गरें । साँझ छिटो सुतेपनि म बिहानै उठ्ने गर्दथें । यसरी विहानको समयमा पढ्ने वा घोक्ने अनि साँझको समयमा लेख्ने काम गरें । कसैको राती ढिलोसमयसम्म बस्ने बानी छ भने साँझ वा राती नै पढ्नुपर्दछ र बिहान ढिलोसम्म सुतेपनि हुन्छ । तर आफ्नो सानै देखिको बानीमा अहिले आएर परिवर्तन गर्न खोजियो भने यसले सकारात्मक भन्दा नकारात्मक नतिजा दिन्छ । त्यसैले आफ्नो बानीलाई परिवर्तन गर्नुको साटो सुधार्नु, निखार्नु वा तिखो पार्नु जरूरी छ । कसैले १८ घण्टा पढ्नुपर्छ भनेको भरमा १८ घण्टा न त पढ्न सकिन्छ, न त पढेको कुरा दिमागमा बस्छ । त्यसैले मैले मुस्किलले १ घण्टा पढें भने १५ मिनटजतिको ब्रेक लिन्थें । अचानक मनमा सरकारी जागिरको भोकको सपनाले ब्यूझाउथ्यो र पुनः १ घण्टा समर्पणका साथ पढ्ने गर्दथें ।

यसो गर्दा पढेको कुरा मनन् हुने र स्मरण गरेको विषय लेख्न पनि सकिने हुन्छ । यसवीच मैले सुधारेको वानी भनेको घुमफिर बन्द गर्नु, भेटघाट घटाउनु र फेसवुक लगायतका सामाजिक सञ्जालको प्रयोग नगर्नुपनि हो । सबैको आ(आफ्नै बानी हुन्छ, तर यस्ता कुराहरूवाट ५र६ महिना टाढा हुँदा जिवनभरी फाईदा हुने कुरा मनन् गरेर सकेसम्म आफुलाई नियन्त्रण गरेकै राम्रो ।

अध्ययन गर्ने यस्तो तरिका अबलम्वन गरें,
साधारण ज्ञान अध्ययन गर्दा घोकेर साध्य छैन । त्यसैले मैले यस्ता विषयहरू धेरैपटक दोहोर्याएर पढें । साथीसँग सोधेर आफ्नो तयारीमा निखार्ता ल्याएँ भने घरमा एक्लै पढ्दा उत्तर छोपेर प्रश्न पढी अनुमान गर्ने गरें । कत्ति कुराहरू जस्तै दिवस वा मितिमा कथा पनि बनाएँ ताकी परीक्षाको दिनमा मिति वा दिवसको याद नभएपनि कथा याद होस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here