‘सामाजिक सञ्जालमार्फत बुबाको मुख हेरौँ’

अहिले कोरोना भाइरसको महामारी फैलिरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
यही बेला चाडपर्व पनि आउन थालेका छन् । चाडपर्वको बेला सावधानी नअपनाउँदा जोखिम झन् बढ्छ । त्यसैले महामारीको यो बेला चाडपर्व मनाउँदा विशेष ध्यान दिनुपर्छ । बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औँसी मनाउँदा पनि कोरोना नफैलियोस् भनेर सचेत हुनुपर्छ । ज-जसको बुबा जीवितै हुनुहुन्छ, उहाँहरुले यो वर्ष सामाजिक सञ्जालका विविध एप्लिकेसन प्रयोग गरेर बुबाको मुख हेरौँ ।

जस्तै भिडियोमार्फत कुरा गरेर अर्थात् फोन गरेर बुबाको मुख हेर्न सकिन्छ । प्रायः वृद्धवृद्धाहरु दीर्घरोगी हुने गर्छन् । बुबाको मुख हेर्न जाँदा हामीले सँगै कोरोना लिएर गएका हुन सक्छौँ । जुन कुरा हामीलाई थाहा नहुन पनि सक्छ। मास्क लगाउँछु, सामाजिक दूरी कायम गरेर बुबाको मुख हेर्न जान्छु भन्नेले पनि यो वर्षको कुशे औँसीमा विचार गर्नैपर्ने अवस्था छ । सकेसम्म बुबाको मुख हेर्न सामाजिक सञ्जालमा एप्लिकेशनको प्रयोगमार्फत नै गरौँ । जानै पर्ने अवस्था भयो भने पनि सामाजिक दूरी कायम गरौँ । धेरै भिडभाड गर्दै नगरौँ ।

जसको बुबा हुनुहुन्न । जसले कुशे औँसीको दिनमा बुबालाई सम्झेर श्राद्ध गर्दै आउनुभएको छ । उहाँहरुले पनि ख्याल गर्न आवश्यक छ । श्राद्ध गर्ने ठाउँमा पुरोहित हुन सक्छन् । आफन्त हुन्छन् । त्यसले भिडभाड बढाउन सक्छ । त्यसतर्फ पनि सचेत हुनुपर्छ । श्राद्ध गरिरहेको अवस्थामा पनि वरपर भिड नगरौँ, सामाजिक दूरी कायम गर्नुपर्छ । मास्कको प्रयोग गरौँ । मुख्य कुरा भनेको भिडभाड नगर्ने नै हो । कोरोना जो कोहीलाई पनि हुन सक्छ । त्यसैले चिनेजानेका र आफू-आफूमा कोरोना हुँदैन भन्ने भ्रम त्याग्नुपर्छ ।
(डा.रक्षा गौतमसँग उज्यालो सहकर्मीले गरेको कुराकानीमा आधारित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here