सेञ्चुरी,एनएमबि,ग्लोबल र एनआइसी बाहेक अधिकांश बैंकहरूको घट्यो नाफा

कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित हुँदा आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरूको नाफा खुम्चिएको छ। बैंकहरूले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको नाफा घटेको छ। जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ।

बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको खुद नाफा घटेको छ। सेञ्चुरी कमर्सियल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंकको बाहेक सबै बैंकको खुद नाफा घटेको देखिएको छ। आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पूर्ण रूपमा बन्द रहेको थियो। त्यसले गर्दापनि बैंकहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्रमा बैंकहरूको नाफा घटेको देखिन्छ।
नेपाल बैंक
नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १.५५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु‍.२ अर्ब ५९ करोड ६७ लाख ३६ हजार नाफा कमाएको ब्यांकले गत आर्थिक वर्षमा रु।२ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.२ अर्ब २१ करोड ४ लाख ९३ हजार रहेको छ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको नाफा ११.७७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.५ अर्ब ४ करोड ६५ लाख २० हजार कमाएको ब्यांकले गत आर्थिक वर्षमा रु.४ अर्ब ४५ करोड २५ लाख ३३ हजार आर्जन गरेको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ३ करोड ५८ लाख ९५ हजार छ।
नबिल बैंक
नबिल बैंकको खुद नाफा १५.८६ प्रतिशतले घटेको छ। ब्यांकको खुद नाफा रु.३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रहेको छ। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.४ अर्ब २३ करोड ८८ लाख ५४ हजार कामएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु‍.३ अर्ब ४ करोड २२ लाख ३७ हजार रहेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा रु‍.२ अर्ब ५७ करोड १६ लाख ५२ हजार रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २२.६३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु।३ अर्ब ३२ करोड ४१ लाख १३ हजार खुद नाफा कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.६५ करोड २३ लाख ६६ हजार रहेको छ।
स्टाण्डर्ड चार्टर्ड बैंक
स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २१.७२ प्रतिशतले कम रहेको छ। ब्यांकले रु.१ अर्ब ९८ करोड ३९ लाख २६ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा रु.२ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ५१ करोड ५७ लाख ८० हजार रहेको छ।
हिमायलन बैंक
हिमायलन बैंकको खुद नाफा पनि अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको छ। अघिल्लो आर्थिक वर्षमा भन्दा ८ प्रतिशतले नाफा घटेर रु‍.२ अर्ब ५४ करोड २५ लाख ८८ हजार कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा ब्यांकको यस्तो नाफा रु.२ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ३० करोड ९२ लाख ४३ हजार रहेको छ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब २९ करोड २५ लाख २४ हजार खुद नाफा कमाएको ब्यांकले गत असार मसान्त सम्ममा रु.१ अर्ब ५३ करोड ७ लाख ७९ हजार आर्जन गरेको छ। ब्यांकको वितरण योग्य मुनाफा ९८ करोड ६१ लाख १८ हजार रहेको छ।
नेपाल बंगलादेश  बैंक
नेपाल बंगलादेश बैंकको खुद नाफा २१.६२ प्रतिशतले घटेको छ। असार मसान्त सम्ममा ब्यांकले रु.१ अर्ब २४ करोड ४५ लाख ८० हजार खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा देखिन्छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा रु‍.१ अर्ब ५८ करोड ७९ लाख ६० हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा ४४ करोड ९१ लख १४ हजार रहेको थियो।
एभरेष्ट बैंक
एभरेष्ट बैंकको खुद नाफा पनि १८.१४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.३ अर्ब ५ करोड ४१ लख २२ हजार खुद नाफा कर्माको ब्यांकले गत आर्थिक वर्षमा रु.२ अर्ब ४९ करोड ९९ लाख ९४ खुद नाफा कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रहेको छ।
बैंक अफ काठमाडौं
बैंक अफ काठमाडौंको खुद नाफा पनि २२.२१ प्रतिशतले घटेको छ। गत असार मसान्त सम्म ब्यांकले रु.१ अर्ब ४७ करोड ५५ लाख ६९ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा रु।१ अर्ब ८९ करोड ६९ लाख ५६ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा भने रु.८८ करोड ७ लाख ८५ हजार रहेको छ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक
नेपाल क्रेडिट एण्ड कमर्स ब्यांकले गत आर्थिक वर्षमा रु.१ अर्ब ७४ करोड २३ लाख ५३ हजार खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ११.२२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकको मुनाफा रु.१ अर्ब ९६ करोड २७ लाख ३९ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.६९ करोड ९९ लाख १७ हजार रहेको छ।
एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकको खुद नाफा भने बढेको छ। ब्यांकले रु।३ अर्ब १२ करोड १४ लाख ८८ हजार खुद नाफा गरेको वित्तीय विवरणमा देखिन्छ। यो नाफा ३.२५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकको खुद नाफा रु.३ अर्ब २ करोड ३२ लाख ८३ हजार हेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ।
मछापुच्छ्रे बैंक
मछापुच्छ्रे बैंकको खुद नाफा भने २६.२२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.१ अर्ब ६९ करोड ७० लाख ८८ हजार  खुद नाफा कमाएको ब्यांकले गत असार मसान्तमा रु.१ अर्ब २५ करोड २० लाख ४२ हजार आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.९० करोड ८२ लाख ७८ हजार रहेको छ।
कुमारी बैंक
कुमारी बैंकको नाफामा भने धेरै गिरावट देखिएको छैन्। अघिल्लो आर्थिक वर्षमा रु.१ अर्ब ७७ करोड ६० लाख ३७ हजार खुद नाफा कमाएको ब्या‌कले गत असार मसान्तमा रु.१ अर्ब ७७ करोड ६० लाख ३० हजार रहेको छ। जुन शुन्य दशमलव ०४ प्रतिशतले कम रहेको छ। यो ब्यांकको वितरण योग्य मुनाफा रु. ७१ करोड २८ लाख ८३ हजार रहेको छ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकको खुद नाफामा पनि गिरावट आएको छ। असार मसान्तमा ब्यांकको खुद नाफा रु.१ अर्ब ४८ करोड ४७ लाख ८९ हजार रहेको छ। जुन अघिल्लो आर्थिक वर्षमा भन्दा ६.६२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा रु।१ अर्ब ५९ करोड ७४ हजार कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब १२ करोड ७२ लाख ५२ हजार रहेको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ७.३० प्रतिशतले घटेर रु।२ अर्ब ९ करोड २७ लाख ७० हजारमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब २५ करोड ७६ लाख ८८ हजार रहेको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.८६ करोड ६४ लाख ८४ हजार रहेको छ।
कृषि विकास बैंक
कृषि विकास बैंकको खुद नाफा १७.२५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.४ अर्ब १९ करोड १३ लाख ९१ हजार खुद नाफा आर्जन गरेको ब्यांकले गत असार मसान्तमा रु.३ अर्ब ४६ करोड ८० लाख ३२ हजार कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ६६ करोड ५३ लाख ९६ हजार रहेको छ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको नाफा भने ११.८१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब ७६ करोड १९ लाख ५४ हजार खुद नाफा कमाएको ब्यांकले गत असार मसान्त सम्ममा रु।३ अर्ब ८ करोड ८० लाख ४२ हजार कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ७३ करोड २८ लाख ८२ हजार रहेको छ।
सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंकइन्टरनेशनलको खुद नाफामा २३.७३ प्रतिशतको गिरावट आएको छ। ब्यांकको खुद नाफा १ अर्ब ११ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा रु.१ अर्ब ४६ करोड ३२ लाख १९ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.८२ करोड ३९ लाख ९९ हजार रहेको छ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको नाफा भने ४.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब १९ करोड ८७ लाख ९२ हजार खुद नाफा कमाएको ब्यांकले गत असार मसान्त सम्ममा रु.२ अर्ब २९ करोड २८ लाख २ हजार कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ६१ करोड ५७ लाख १८ हजार रहेको छ।
सनराइज बैंक
सनराइज बैंकको खुद नाफा गत आसार मसान्तमा रु.१ अर्ब २९ करोड २८ लाख ७७ हजार रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १८.३६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.१ अर्ब ७० करोड ६१ लाख २ हजार खुद नाफा कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.५२ करोड ९१ लख २१ हजार रहेको छ।
एनएमबि बैंक
एनएमबि बैंकको खुद नाफामा अघिल्लो आर्थिक वर्षमा भन्दा समान्य वृद्धि भएको छ। ब्यांकले असार मसान्त सम्ममा रु.२ अर्ब २७ करोड ६ लाख ७० हजार खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा ०.५९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.२ अर्ब २५ करोड ७२ लाख ७६ हजार खुद मुनाफा कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ४२ करोड ६८ लाख २९ हजार रहेको छ।
प्रभु बैंक
प्रभु बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २३.३६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.१ अर्ब ७८ करोड ३५ लाख ९३ हजार खुद नाफा कमाएकोमा गत असार मसान्तमा रु.१ अर्ब ३६ करोड ६९ लाख ७४ हजार कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ८ करोड २६ लाख १७ हजार रहेको छ।
मेगा बैंक
मेगा बैंकले गत असार मसान्त सम्ममा रु.१ अर्ब ५२ करोड ५ लाख ९३ हजार खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षमा भनदा ६.६९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.१ अर्ब ६२ करोड ९६ लाख ८९ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ११ करोड ५९ लाख ७५ हजार रहेको छ।
सिभिल बैंक
सिभिल बैंकले गत असार मसान्त सम्ममा रु.४५ करोड ७० लाख १ हजार खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ३५.४० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकको खुद नाफा रु.७० करोड ७४ लाख १२ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.२५ करोड २१ लख ९६ हजार रहेको छ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा ३४ प्रतिशतले बढेको छ। गत असार मसान्तमा ब्यांकको खुद नाफा रु.९० करोड ६३ लाख २३ हजार रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा रु.६७ करोड ६४ लाख ८ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.४० करोड ९२ हजार छ।
सानिमा बैंक
सानिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २४.५७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब २५ करोड ८० लाख ६७ हजार खुद नाफा कमाएको ब्यांकको गत असार मसान्त सम्मको नाफा रु।१ अर्ब ७० करोड ३३ लाख ७३ हजार रहेको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ११ करोड ९७ लाख २२ हजार रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here