नागरिक समाज र विकास

नागरिक समाजलाई विभिन्न सन्दर्भ र अर्थमा बुझ्ने÷बुझाउने गरिन्छ । कतिपय सन्दर्भमा यसको अपव्याख्या र अधिक व्याख्या पनि हुने गरेको छ । नागरिक समाज नागरिक तथा राज्यबीच अन्तरक्रियाका क्षेत्र हुन्, जुन सामूहिक भावना, मूल्य मान्यता, विश्वास र पारस्पारिकतामा वाँधिएको हुन्छ । यो स्वयमेव व्यवस्थित स्वायत्त अभियान हो, जसले विविधतायुक्त, बहुलवादी र घनत्वपूर्ण सम्बन्धको कार्यजालो विकास गर्दछ । विकासका सन्दर्भमा यसलाई तेस्रो क्षेत्रका रुपमा पनि चिनिन्छ । यसले बजार र राज्यका कमी–कमोरी सुधार्न सकारात्मक प्रभाव पार्दछ, पार्नु पर्दछ भन्ने । यसले सार्वजनिक सरोकारको कार्यलाई पारदर्शी, प्रभावकारी, जिम्मेवार र जवाफदेही बनाई सुशासन स्थापनाका लागि माग, दवाव, प्रभाव, पैरवी, सहयोग र साझेदारीमार्फत सहयोग पु¥याउदछ ।
नेपालमा कतिपय सन्दर्भमा नागरिक समाज र गैरसरकारी संस्थालाई समान अर्थमा लिने गरिन्छ । तर कार्यप्रकृति र कार्यक्षेत्रका आधारमा यी दुईबीच भिन्नता रहन्छ । गैरसरकारी संस्था विकास र सेवा प्रवाहका वैकल्पिक संयन्त्र हुन् । यिनीहरु औपचारिक संरचनामा रहेर कार्य गर्दछन् । नागरिक समाज स्वतःस्फूर्त परिचालित हुने सामाजिक उर्जाको स्वरुप हो । यो कहिले जागरणका रुपमा देखिन्छ त कहिले विशेष आन्दोलन र अभियानका रुपमा । यदाकदा यो संरचनागत औपचारिकताभन्दा पर रहन्छ । यसको मुख्य कार्यभूमिका नै शासकीय क्रियाकलापलाई जनमुखी र वैध बनाउन केन्द्रीत रहनु हो । अन्य निकायभन्दा नागरिक समाज नीति प्रभावका लागि वहस पैरवी गर्ने हैसियत राख्ने भएकाले विकास र सुशासनको वातावरण बनाउने गर्दछन् ।
विकास प्रक्रिया तथा नीति कार्यान्वयनमा नागरिक समर्थन र सहभागीता बिस्तार गर्न पनि नागरिक समाज सहयोगी भूमिकामा रहन्छ । नागरिक समाज पनि कार्यक्षेत्रका आधारमा नागरिक तह, समुदाय तह, राष्ट्रिय तह र अन्तराष्ट्रिय तहसम्म विस्तार हुनसक्छ ।

समकालीन विश्वमा नागरिक समाजको महत्व बढ्दै जानुमा विविध कारण रहेका छन् । यी स्वतःस्फूर्त परिचालित हुन्छन् र गैरआर्थिक एवम् गैरराजकीय अस्तित्व हुन्छ । सामाजिक द्वन्द्व तथा तनावका समयमा द्वन्द्व समाधानमा सहयोगी भूमिका पनि खेल्ने गर्दछन् ।
नेपालमा दशक लामो सामाजिक द्वन्द्व भएको समयमा नागरिक समाजले सामाजिक परिचालन र द्वन्द्व समाधानका लागि स¥हानीय काम गरेको थियो । लोकतान्त्रिक अभ्यासको प्रवद्र्धन र बञ्चितीमा परेकाहरुको उत्थानका लागि आवाज तथा स्रोत साधन परिचालनमा नागरिक समाजले धेरै योगदान दिदै आएका छन् । सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारको उत्खनन् गरेर सदाचार र सुशासनमा पनि सहयोग गर्दछन् । सामुदायिक तथा क्षेत्रीय आवद्धताको लागि वातावरण निर्माण गर्दछन् । नागरिक शिक्षा र असल संस्कृतिको अभिमुखीकरणका माध्यमका रुपमा पनि प्रशंसित छन् । सवैभन्दा ठूलो महत्व भनेको नागरिक समाज जनस्तरका सङ्गठन भएकाले जनताको आवाज विकास गर्न निकै सिपालु हुन्छन् । सर्वसाधारणको घरदैलोमा रहेर सर्वसाधाणका सुखदुखका साथी पनि बन्ने गरेका छन् ।
विकासका र सेवा प्रवाहका सन्दर्भमा नागरिक समाजले केही प्रत्यक्ष र केही अप्रत्यक्ष कार्यमार्फत भूमिका खेल्दछ । यसले सवैभन्दा बढी गर्ने कार्य भनेको वहस र पैरवी हो । बहस र पैरवीमार्फत खास विषयमा सचेतना फैलाउने र अभिमत निर्माण गर्न सघाउने काम गरिआएको छ । कुनै क्रियाकलाप गर्नका लागि सामाजिक पूजी परिचालन गरी विकास तथा सेवा प्रवाहका लागि आवश्यक हुने अतिरिक्त साधन स्रोत जुटाउन पनि सहयोग गर्दै आएको छ ।सार्वजनिक निकायले सम्पादन गर्दै आएका कार्यलाई सहजीकरण गर्ने,सेवा प्रवाहको अनुगमन र पहरेदारी गरी सहभागीतात्मक सुशासन कायम गराउने काम पनि यसबाट हुँदै आएको छ । सवैभन्दा महत्वपूर्ण भूमिका सामाजिक न्याय र विकास प्रवद्र्धन हो । बास्तबमा नागरिक समाजको शुरुवात नै सामाजिक न्यायलाई संस्थागत गर्न भएको हो ।
नेपाल जस्तो उदीयमान (तर नरम) लोकतन्त्र भएका मुलुकहरुमा रहने राजनीतिक संक्रमण, न्यून पूजी उपलव्धता, न्यून आर्थिक अनुशासन, कमजोर संस्थागत क्षमता जस्ता कारणले नागरिक समाजको महत्व अधिक रहने गर्दछ । स्वतःस्फूर्त परिचालित हुने, नागरिक कार्यसूचीमा मात्र केन्द्रीत रहने, औपचारिकतालाई ध्यान नदिई बास्तविक कार्यसूचीलाई मात्र संवोधन गर्ने, सदस्यहरुबीच सञ्जालीकृत सम्बन्धमा रहने जस्ता कारणले समुदायको शक्तिलाई उन्नयन गर्न नागरिक समाज औधी सिपालु हुन्छन् । तर कतिपय अवस्थामा गैरसरकारी संस्थाको चरित्र बोक्ने, वैचारिक आग्रहबाट पीडित हुने, दाताहरुप्रति अनुगृहित रहने जस्ता कमजोरी पनि यसभित्र देखिदै आएको छ । विदेशी सहयोग र प्रभावका कारण राष्ट्रिय नीति कार्यसूचीलाई उचित महत्व र सक्रियता दिन सकिरहेका छैनन् । राजनैतिक रुझान र दातापे्ररित कार्यप्राथमिकताका कारण नागरिक समाजको स्वभाव नै बिलुप्त पनि हुने गरेको छ । तर द्वन्द्वोत्तर व्यवस्थापन, संक्रमणकालीन न्याय व्यवस्था, भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रको बहाली जस्ता पक्षमा नागरिक समाजले उल्लेख्य भूमिका निर्वाह नगरेको भने होइन ।
प्रश्न उठ्न सक्छ, के सवै नागरिक समाज अङ्गहरुले राम्रो काम गरेका छैनन् ? वा गर्न सक्तैनन् ?नागरिक समाजलाई कसरी सैद्धान्तिक आदर्श कायम गराउने ? नेपालमा अधिकांश नागरिक समाजका अङ्गहरु विचार, आस्था र आग्रहबाट ग्रसित रहँदै आएकाले नै आलोचित हुदै आएका हुन् । राज्य र बजार क्षेत्र आआफ्नै मनोरोगबाट ग्रसित हुने भएकाले दुवै क्षेत्रलाई जनमुखी, आचरणशील, कार्यमुखी र परिवर्तनबोधी बनाउन सिर्जना भएको नागरिक समाज वा तेस्रो क्षेत्र आफ्नो आदर्शबाट विमुख हुनुहुदैन । जनताको भरोसा र विश्वासका भारी बोक्ने भएकाले पनि सर्वसाधारणको अन्तिम सहयोगी यही हो । नेपालका सन्दर्भमा नागरिक समाजले निर्वाह गर्नै पर्ने केही भूमिका छन् ।
पहिलो कुरा विकास अधिकारमुखी र समन्यायिक भएको छैन भन्ने गुनासो रहँदै आएको छ । बास्तविकता के हो र किन यो आरोप सार्वजनिक क्षेत्रलाई लागेको हो ? यस विषयमा नागरिक समाजले धेरै काम गर्न गर्नु छ । आरोप मिथ्या हो भने बास्तविकता जनता समक्ष ल्याउन र सही हो भने समस्याको चुरो पत्तालगाई विकास व्यवस्थापनलाई अधिकारमुखी र समन्यायिक बनाउनु नागरिक समाजको दायित्व हो । यसो गर्न नागरिक समाज भोकल भन्दा पनि आफै कार्यमुखी र आग्रहरहित हुनुपर्दछ ।
अर्को कुरा, समाजमा हुर्किदै गएको निरासा, कुण्ठा, आग्रहीपना, कत्र्तव्यहीनता, नकारात्मकता जस्ता पक्षलाई सकारात्मक भावनाले शुद्धीकरण गर्न नागरिक समाज नागरिक शिक्षाको अभियानमा लाग्नु जरुरी भैसकेको छ ।
संविधान जारीपछि लामो समयदेखि रिक्त स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भै राजनैतिक संस्था र संरचना क्रियाशील भएका छन् । स्थानीय वासिन्दाका सुखदुख सुन्ने र उनीहरुकै विश्वास संस्थागत गर्ने संरचना स्थानीय तह कर्मचारीतन्त्रीय रुपमा सञ्चालन हँुदा स्थानीय सेवा प्रवाह हुन सकेको थिएन भने स्थानीय निकायमा कार्यरत कर्मचारीहरु पनि एकप्रकारले बेसहारा जस्तो देखिएका छन् । संघीयता कार्यान्वयनको राजनैतिक पाटो पूरा भएको छ तर स्थानीय आर्थिक संरचनाहरु निर्माण भएका छैनन् । आर्थिक संरचना संस्थागत हुननसके जनतामा निराशा र कुण्ठा फैलिन सक्छ । जनताहरु संघीयतालाई सवै प्रकारको समस्याको एकमुष्ठ समाधान हो भन्ने मनोविज्ञानमा छन् । स्थानीय तहमा प्रणाली निर्माण भैसकेको छैन ।

निजी, सहकारी र सामुदायिक क्षेत्र क्रियाशील बनाएर नै आर्थिक संरचना निर्माण गर्न सकिन्छ । त्यसो गर्न प्रोत्साहनमूलक वातावरण बनाउन आवश्यक छ । नागरिक समाज यसका लागि सहयोगी हुनुपर्दछ । साथै स्थानीय तहका आर्थिक गतिविधिमा हुनसक्ने आर्थिक तथा कार्यक्रमिक प्रक्रियामा रहनसक्ने संभावित कमजोरीलाई हटाउन, जवाफदेही बनाउन पनि नागरिक समाज सहयोगी भूमिकामा रहन सक्दछन् ।

बढ्दो वातावरणीय विनास विकासको अर्को मुद्दा हो । पहिले विकास कि वातावरण ? भन्ने विवाद सर्वत्र छ । विकास र वातावरणबीचको सन्तुलन हाम्रो भविष्य हो । सडक, पुल, पुलेसा, भवन, सिचाइ कुलो, विद्युत नागरिक आवश्यकताका क्षेत्र हुन् । तर यी आवश्यकतालाई पुस्तौपुस्तासम्म धानी राख्न र हामीले चाहेको जस्तो विकास गर्न विकास र वातावरणबीच उपयुक्त अन्तरसम्बन्ध कायम गर्नु आवश्यक छ । बन जोगाए जलाधार जोगिन्छ, हिमाल जोगाए नदी जोगिन्छन्, प्रदूषण रोके जलवायु जोगिन्छ र यी सवै जोगिए जीवन जोगिन्छ । त्यसैले अर्थतन्त्र र वातावरणबीच तदात्म्यता कायम गर्न नागरिक समाजले सचेतना, सहकार्य, अभियान र आन्दोलन गर्नुपर्दछ । यी कार्य स्थानीय तहबाटै थालेर क्षेत्रीय र अन्तराष्ट्रिय तहसम्म पु¥याउनु पर्दछ ।

केही वर्षदेखि नेपाली समाजमा विकास हुन थालेको विकृति, तृष्णा भावना, पद, प्रतिष्ठा र पैसाप्रतिको व्यग्र मोह, घर परिवारतहदेखिनै मौलाउदै गएको गलत संस्कृति, वर्गीय÷सामाजिक क्लेसले नराम्रो सङ्केत गरिरहेको छ । धर्म, संस्कृतिका नाममा सामाजिक विविधताको संस्कृतिलाई खलवल्याउन खोजिदैछ । उदाहरणीयता देखाउन पर्ने संस्था र व्यक्तिहरुप्रतिको सामाजिक साख उनीहरुको कामबाट स्खलित भएको छ । सामाजिक सद्भाव खलवलिन लाग्यो भन्ने चिन्ता आम नागरिकमा छ ।
परिवार तहमा छिपेर रहेका विकृति र यौनहिंसा सतहमा नै छताछुल्ल हुन थालेको छ । हजुरबुवाबाट बलात्कृत बच्चीले बुवालाई पीडा पोख्न नपाउदै उसैबाट नै बलात्कृत भएका घटनाले पारिवारिक संरचनालाई नै विगार्दै लगेको संकेत गर्दछ । बैदेशिक रोजगारीले पनि घर परिवारतहमा विकृति थप्दैछ । के सामाजिक विकृतिको लागतमा आर्थिक विप्रेषण स्वीकारिरहनु हुन्छ ?
साथै लामो समयदेखि ‘स्टाटस सिम्वोल’ को रुपमा स्थापित संस्थाहरुको मानमर्दन हुन थालेको छ । राज्यसंयन्त्रमाथि भए नभएका आरोपहरु थोपरिदै छन् । समाज अधिकारमुखी भएर गयो, कत्र्तव्यको ख्याल गरेन भने विकास मात्र होइन, मानव सभ्यतालाई नै खतरामा पार्दछ । त्यसैले नागरिक समाजले नागरिक शिक्षामार्फत असल संस्कृतिलाई संस्थागत गरेर मानव विकासलाई सहयोग पु¥याउनु पर्ने भएको छ । अनि मात्र नागरिक समाज जनताका वास्तविक संङ्गठन र सहयोगी बन्न सक्छन् । साँचो मानेमा यही नै नागरिक समाजको आदर्श पनि हो । ([email protected])

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here