ह्वात्तै घट्यो नेपाल टेलिकमको नाफा

नेपाल टेलिकमको नाफा ह्वात्तै घटेको छ । अघिल्लो आर्थिक बर्षमात्र एक अर्ब ८९ करोड रुपैयाँले घटेको मुनाफा फेरि ओरोला लाग्ने क्रम जारी छ ।आर्थिक वर्ष ७५/ ७६ मा ९ अर्ब ७५ करोड नाफा कमाएको टेलिकमको नाफा गत आर्थिक वर्षमा घटेर ८ अर्ब ५५ मा सिमित भएको हो ।

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा डिल्लीराम अधिकारी भित्रिएसँगै नेपाल टेलिकमले झण्डै २ अर्ब कम आम्दानी गर्न सकेको छ । अघिल्लो आर्थिक बर्षमा नेपाल टेलिकमले ४५ अर्ब २७ करोड आम्दानी गर्न सफल थियो । त्यो भनेको अघिल्लो बर्षहरुको तुलानामा ३ दशमलव १६ प्रतिशतले नाफामा गिरावट आएको हो ।टेलिकमले अन्तराष्ट्रिय कल ल्याण्ड लाइन, सिडिएएमए तथा एडिएसएल लगायत आम्दानीमा घट्न गई एक अर्ब ४३ करोड नाफा घटेको हो । टेलिकमको नाफा समेत अधिकारी भित्रिए पछि ह्वात्तै घटेको छ । अघिल्लो बर्षको समीक्षा अवधिमा १७ अर्ब ४८ करोड ३८ लाख नाफा आर्जन गरेको नेपाल टेलिकमको नाफा खम्चिएर ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ नाफा घटेको देखिन्छ । यो भनेको अघिल्लो बर्षको तुलनामा झण्डै ४५ प्रतिशतले नाफा घटेको हो । यस्तै टेलिकमले लाइसेन्स नविकरणका लागि चार अर्ब रुपैयाँ खर्च गरेको र आयकरमा समेत १ अर्ब रुपैयाँ खर्च भएको प्रतिबेदनले बताएको छ ।यता नेपाल सरकारको निर्णय अनुसार टेलिकमले २०७१ देखि २०७६ बैशाख सम्मको जिएसएम सेवाको लाइसेन्स नविकरण बापत २० अर्ब रुपैयाँ भुक्तानी नगरेको पाइएको छ । यस वर्ष ४ अर्ब मात्रै भुक्तानी गरेको र बाँकी १६ अर्ब रुपैयाँ कहिले भुक्तानी हुन्छ भन्ने अन्यौलता रहेको छ । यति मात्र होइन अहिले कम्पनीको बैंक मौज्दातमा रहेको रकममा समेत व्यापक गिरावट आएको छ । २०७५ असार मसान्तमा ७३ अर्ब५२ करोड रुपैयाँ रहेकोमा २०७६ असार मसान्तसम्म ७२ अर्ब ५९ करोड रुपैयाँमा झरेको जनाइएको छ । यस्तै बैंक मौज्दातमै ९३ करोड घाटा लागेपछि टेलिकम गत वर्षको तुलनामा यस आर्थिक वर्षमा टाट पल्टने दिशामा पुगेको विश्लेषण हुन थालेको छ । यता नेपाल टेलिकमको प्रबन्ध पत्रमा भएको व्यवस्था विपरित जलविद्युतमा लगानी गरिएको भेटिएको छ । टेलिकमले अपरतामाकोशी हाइड्रोपावर लिमिटेडमा ६ प्रतिशत शेयर लगानी गरेको छ। जसलाई उसले सहवित्तिय कर्जा लगानी अन्तर्गत प्रोजेक्ट सम्पत्ति धितोमा ऋण लगानी भनेको छ । २०७६ असार मसान्तमा टेलिकमले ९ अर्ब ५८ करोड ९६ हजार सावाँ तथा ब्याज असुल गर्न बाँकी रहेको महालेखाको प्रतिबेदनले औँल्याएको छ ।
कम्पनीले कोभिड महामारीको कारण नाफा घटेको जनाएको छ। कम्पनीले महामारीको अवधिमा ५३ करोड ४० लाख बराबरको निशुल्क बोनस प्रदान गरेको, २२ करोड ८३ लाख बराबरको मोबाइल डाटा छुट प्रदान गरेको, ५ करोडको निशुल्क कल प्रदान गरेकोले नाफा घटेको उल्लेख गरेको छ । महामारीको ४ महिनाको अवधिमा आफ्नो आम्दानी अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशतले घटेको टेलिकमले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here