सह सचिव र उपसचिव गरी २ सय ८२ पदका लागि विज्ञापन खोल्ने लोकसेवाको तयारी

लोकसेवा अयोगले रिक्त रहेको २८२ सह सचिव र उपसचिव पदको नयाँ विज्ञापन खोल्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ८२ सह सचिव र २ सय उपसचिव पद रिक्त छ । यी पदमा छिट्टै नै लोकसेवा आयोगले नयाँ विज्ञापन खोल्न लागेको हो ।
मन्त्रालयद्धारा जारी पत्राचारमा आगामी १० भदौभित्र सबै रिक्त पदको विवरण पठाउन ती निकायलाई पत्राचार गरेको हो । मन्त्रालयका अनुसार हाल सबै निकायमा गरेर सहसचिवतर्फ अप्राविधिक ९प्रशासन० तर्फ ५२ र प्राविधिक सेवा समूहमा ३० गरी ८२ बढी पद रिक्त छन् ।दुवै समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय गरी २ सय ८२ पदका लागि परीक्षा हुन सक्ने देखिएको छ । उपसचिवतर्फ दुवै सेवा समूहमा गरी २ सयभन्दा बढी पद रिक्त छ । जसमा प्रशासन सेवाको १ सय ३० र अप्राविधिक सेवाको ७० बढी पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । दुुवै सेवा समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय जना गरी २ सय ८२ पदका लागि परीक्षा हुने देखिएको हो । आयोगले सबै निकायहरुसँग रिक्त पदको विवरण मागेपछि सो जानकारी लोकसेवा आयोगालाई दिनेछ र सोही अनुरुप लोकसेवा आयोगले यी पदमा नयाँ विज्ञापन खोल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here