सुशान्तको खाताबाट कसले झिक्यो लाखौँ रुपैयाँ ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको छ। उनले मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। ३४ वर्षीय सिंह लकडाउन यता मुम्बईमा एक्लै थिए। उनी अपारटमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

राजपुतको निधन भएको अब झन्डै दुई महिना भइसकेको छ । तर, हरेक दिन उनको मृत्युसँग सम्बन्धित नयाँ नयाँ जानकारी बाहिर आइरहेको छ । फेरि अहिले नयाँ आएको जानकारी हो– सुशान्तको खाताबाट २८ लाख भारतीय रुपैयाँ निकालिएको छ ।
अब प्रश्न उठेको छ– यो पैसा कसले निकाल्यो त ?

सुशान्तको बैंक खाताबाट एकै दिनमा सात लाख रुपैयाँसम्म निकालिएको छ । योमध्ये पाँच लाख चेकबाट र दुई लाख एटिएमबाट निकालिएको छ । एटिएमबाट २०–२० हजार गर्दै २ लाख निकालिएको भारतीय मिडियाले जनाएका छन् । १३ नोभेम्बरदेखि २१ नोभेम्बरसम्म यो रकम निकालिएको मानिएको छ । तर, यो पैसा कसले निकाल्यो भन्ने अहिलेसम्म बाहिर आएको छैन । त्यसो त सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here