कमेडी च्याम्पियन विजेता हिमेशले पाए उपहारस्वरूप कार

नायिका केकी अधिकारीको निर्माणमा तयार पारिएको नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तलाई उपाधिबापत पूर्वघोषित उपहारस्वरूप २८ लाख रुपियाँको कार प्रदान गरिएको छ।

गतवर्षको अन्त्यतिर आयोजित अन्तिम स्पर्धामा उनी प्रतिस्पर्धी प्रतियोगी सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै विजेता बनेका थिए । विजेता भएको करिब ६ महिना पछि पन्तले कार उपहार पाएका हुन् । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बीच कार हस्तान्तरण गरेका छन् ।
उक्त कारको मूल्य २५ लाख रुपैयाँ पर्ने बताइन्छ । यसैबीच कमेडी च्याम्यिनको दोस्रो सिजन केही समयपछि सुरु हुँदैछ । यो सिजनमा पनि पहिलो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा तथा प्रदीप भट्टराईले निरन्तरता पाउने छन् ।
कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले सञ्चालन गर्ने निर्माण युनिटले जनाएको छ । केकीका अनुसार कमेडी च्याम्पियन अब नियमितरूपमा अगाडि बढ्नेछ। ‘यो यात्राको बल्ल शुरुआत मात्रै भएको हो।’ –केकीको भनाइ छ। उनको अनुसार उपाधि जितेबापत हिमेशलाई प्रदान गरिएको कारको बजार मूल्य २८ लाख रुपियाँ रहेको छ। उपाधिबापत नै नगद १५ लाख रुपियाँ भने कार्यक्रमको फाइनलका दिन प्रदान गरिएको थियो।

कमेडी च्याम्पियनको दोस्रो सिजन घोषणा भइसकेको छ। कमेडी च्याम्पियनमा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्यव्यंग्यकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई निर्णायक रहेका थिए भने रीमा विश्वकर्मा निर्मात्रीका साथमा कार्यक्रम सञ्चालिका थिइन्। कार्यक्रम नायिका केकी अधिकारीका साथमा विशाल भण्डारी, राज घिमिरे, रेशु तामाङ र प्रकाश बसेलले निर्माण गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here