धेरै अनुभव, धेरै उकुसमुकुस

एकले अर्काेलाई असफल पार्न र पछार्न खोज्दा संस्थाको कार्यप्रगति कसरी निल हुन्छ जान्न नेपाल संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानतिर हेरे हुन्छ ।
त्यहाँ कुलपति रायनलाई असफल पार्न उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्याम तमोटहरू लागिपरेका छन् ।
गत आर्थिक वर्षका लागि अनुसन्धान र प्रकाशन गोष्ठीका नाममा छुट्ट्याइएको झण्डै डेढ करोड रकममध्ये ८० प्रतिशत फ्रिज भएको छ ।
बहाना भने कोरोनाको । प्रतिष्ठानको कार्यप्रगति सन्तोषजनक नदेखिएपछि केहीअघि कुलपति रायनलाई मन्त्रालयमै बोलाएर असन्तुष्टि पोखेको बताइन्छ ।
त्यहाँ संगीत, नाटक, नृत्य, लोकसंगीत, शास्त्रीय तथा परम्परागत संगीत र रंगमञ्च गरी ६ वटा विभाग छन् । तर, तीमध्ये गत आर्थिक वर्षमा तीन वटाले मात्र गतिविधि गरे, बाँकी चार वटाको गतिविधि शून्य रह्यो । यसमा हरिहर शर्माको विभाग पनि पर्छ । त्यहाँ प्राज्ञ परिषद् सदस्यहरूमा अशोककुमार राई, धीरेन्द्र प्रेमर्षि, नमुना शर्मा देवकोटा, मञ्जुल र हरिदेवी कोइराला छन् । जसमध्ये प्रेमर्षि छोरा भेट्न अमेरिका गएर आधा वर्ष उतै व्यतित गरे भने आधा वर्ष तराईमै रहे । साउनमा राजधानी फर्किएर काजमा खटिएको कागज मिलाएको प्राज्ञहरू सुनाउँछन् । बुढेसकालमा मञ्जुलहरूले त्यहाँ नियुक्ति पाए पनि भूमिका नदिइनाले दैनिकी हाजिर गरेर फर्कनेमा सीमित पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here