संवैद्यानिक आयोगहरुमा ४० पद रिक्त,कहिले पाउँछन् पूर्णता ?

१० वटा संवैधानिक आयोगका ४० पद रिक्त छन् । ती निकायमा नियुक्तिको तयारी नै छैन ।
अख्तियार, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, महिला आयोग, जनजाति आयोग, मुस्लिम आयोग, थारू आयोगलगायत दश संवैधानिक आयोगमा झण्डै चालिस भन्दा बढी पद रिक्त छन् ।
यता यही भदौं महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरे उमेर हदका कारण भदौं महिनामा र अन्य दुई आयुक्तले फागुनबाट अवकाश पाउँदैछन् ।
त्यहाँका आयुक्तद्धय डा।गणेशराज जोशी र डा।सावित्री थापा गुरुङ मात्रै आयुक्तमा बहाल छन्। उनीहरुले पनि आगामी फागुनमा ६ वर्षे पदावधिका कारण अवकास पाउने भएका छन्।
उस्तै हालत छ निर्वाचन आयोगको । त्यहाँ २ आयुक्तको पद रिक्त छन् । दलित, मुस्लिम, थारू, मधेसी, वित्त, समावेशी, महिलालगायततिर आयुक्तहरु नियुक्त हुन सकेका छैनन् । यी आयोगले वर्षाैंदेखि पूर्णता पाउन सकेका छैनन् ।
जसमध्ये आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित चार सदस्य नियुक्ति हुन बाँकी छ। यस्तै, राष्ट्रिय महिला आयोगमा पनि अध्यक्ष र चार सदस्य रिक्त छ। राष्ट्रिय दलित आयोगमा पनि अध्यक्ष र चार सदस्य नियुक्ति गर्न बाँकी छ। मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार(चार सदस्य रिक्त छ। सरकारले समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य नियुक्ति गर्न बाँकी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here