सुनको मूल्य ह्वात्तै घट्यो

आज एकै दिन सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार १ लाख १ हजार ६ सयमा कारोवार भएको सुनको मूल्य बुधबार सुनको मूल्य एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको छ।

बुधबार नेपाली बजारमा सुनको मूल्य ९५ हजार ४ सयमा कायम भएको हो। यस्तै चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here