सालको पात टपरीु को ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाएको सालको पातको टपरीले यूट्युबमा हालसम्मकै बढी हेरिएको लोकदोहोरी गीतको रुपमा स्थान सुरक्षित राखेको छ। गीतको म्युजिक भिडिओ यूट्युबमा ६ करोड २१ लाखभन्दा बढी हेरिएको छ। उक्त भिडियो सार्वजनिक भएको आउँदो साता २३ महीना पुग्दैछ।

सार्वजनिक भएको छोटो समयमै धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ता भएको थियो। चार महीना नबित्दै यूट्युबमा दुई करोड भ्यूज नाघेको थियो । युवा गीतकार नवराज पन्तको शब्द र वसन्त थापाले सङ्गीत दिएको गीतको लोकप्रियता यति छ, यूट्युबमा भ्यूज निरन्तर बढिरहेको छ। पछिल्लो एक महीनामा मात्रै झण्डै दश लाख पटक हेरिएको छ। सङ्गीतकार थापाले भने, “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो।”

स्रोतारदर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो। अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ। पछिल्लो एक महीनामा झण्डै दश लाख पटक हेरिएको छ। “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने।

झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ। कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ। म्युजिक भिडिओ नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ। निर्देशन शिव विकले गरेका छन्। हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ। “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने।

गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए। उनको साङ्गीतिक जीवनको मानक गीतका रूपमा सालको पातलाई सधैँ सम्झिने छ। अभ्यास डिजिटल म्यूजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here