यी हुन् हरिश सिग्देल तर, कसरी बने आर्यन सिग्देल ?

आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छमा प्रमुख भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो।

रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा हिन्दु पण्डितको घरमा सुर्खेत जिल्लाको गोठिकाडामा आर्यनको जन्म अगष्ट ५, १९८४ मा हरिश सिग्देलको रूपमा भएको थियो । सिग्देलको एउटा बहिनी योसोदा न्यौपाने अहिले अष्टे्लियामा छिन् । उनको परिवार पछि काठमान्डौको थानकोटमा बसाइ सरेको थियो। आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहि मंगलदोय उच्च मा.वी बाट पास गरेका थिए। पछि उनी रत्न राज्य क्यापसमा बिजनेस पढन भर्ना भएका थिए तर उनले अभिनयको कक्षा लिन थाले पछि शिक्षा अपुरो नै रहन गयो।

किस्मत चलचित्रबाट डेब्यू गरेका उनले तीन दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरे। डेब्यू चलचित्रले नै चर्चा पाएपछि उनमा उर्जा थप्यो। र, निरन्तर अभिनय यात्रामा लागिरहे। हरिश नाममा वजन नदेखिपछि उनले आर्यन नाम राखे। आर्य परिवारमा जन्मिएका उनको मुखमा आर्य नै बढी झुण्डिन्थ्यो। त्यसैबाट उनले आफ्नो नाम नै आर्यन राखे।

उनलाई हरिशले भन्दा पनि आर्यनले चिनाएको छ। एक बेलामा चर्चित हिरो आर्यन पछिल्ला केही समय निस्क्रिय जस्तै बने। २०७५ सालमा कायरामार्फत् चलचित्र क्षेत्रमा देखिएका थिए भने गतवर्ष चलचित्र ‘च च हुई’ मा काम गरेका थिए। अब कुनै नयाँ चलचित्रको तयारीमा छन्। निर्देशक विशाल सापकोटासँग नजिकिरहेका उनी सहकार्यका लागि तयार छन्।

तर, कोरोना महामारीका कारण त्यो तत्काल सम्भव छैन। गत वर्ष ‘सेल्फी किङ्ग’को निर्देशन गरेका विशाल अब आर्यनसँग काम गर्न तयार छन्। गत वर्ष आर्यनले अभिनय गरेका २ चलचित्र ‘हजार जुनिसम्म’ र ‘च च हुई’ ले पनि राम्रो छाप छोड्न सकेनन्। नयाँ चलचित्रको लोकेशन हेर्न विशाल र आर्यन पोखरामा छन्। महामारीका कारण अन्यौल छाएको उनीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here