नायिकालाई ‘दारा निस्केको’ भनेपछि कलाकार संघमा पूजाको उजुरी

नायिका पूजा शर्माले चलचित्र कलाकार संघमा संचारकर्मी प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजा उजुरी दिदै गर्दा भावूक भएकी थिइन् ।

पूजाले भनिन्–‘३ महिना भैसकेको थियो । अघिल्लो ट्रोललाई मैले सहिरहेको थिएँ । फेरि मलाई अन्तरवार्ताका लागि बोलाउनुभयो, मैले आउँदिन भने । मान्छेलाई कहिलेपनि ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन । उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो, उहाँले मलाई भनेको शब्दले मलाई निकै भावूक बनायो । यसपछि, मैले अब लड्छु भन्ने निर्णय गरेँ ।’

कलाकार संघमा उजुरी दिएकी पूजाले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएकी छिन् । साथै, उनले ‘प्रेन्स काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उजुरी दिने बताइन् । उनको उजुरी सँगै चलचित्र पत्रकार प्रकाश सुवेदीले हातै जोडेर माफी मागेका छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुने ‘रजतपट’ का सञ्चालक सुवेदीले ३ मिनेट ४९ सेकेन्डको विशेष भिडियो बनाएर आफूले प्रयोग गरेको दारा भन्ने शब्द प्रयोग गर्न नहुने र आफूबाट गल्ती भएको भन्दै माफी मागेका हुन्।

यसबारे कार्यक्रममै (बिहीबार) कुरा गर्ने विचार भए पनि जुन प्रकारले ‘रेस्पोन्स’ (आलोचना) भइरहेको छ, त्यसले गर्दा त्यो कुरा तुरुन्तै भन्न मन लागेको पत्रकार सुवेदीले भिडियोमा बताएका छन्। केही दिनअघि कार्यक्रम सञ्चालक सुवेदीले नायिका पूजा शर्मालाई लक्षित गरेर ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दारा निस्केको अनुहारलाई’ भनेको भन्दै विरोध भइरहेको छ। दारा’ शब्द प्रयोग गर्नु गल्ती भएको स्वीकार गर्दै सुवेदीले तर त्यो शब्द कसैप्रति लक्षित नभएको जिकिर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here