“पार्टी प्रवक्ताको लाज त जोगाउनुहोस”

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चुलिँदै गएको छ । एक खेमाले अर्काे खेमाको उछितो काट्नेक्रम शुरु भइसकेको छ ।

प्रधानमन्त्री राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता तथा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको लाज जोगाउनुहोस भन्दै अभिव्यक्ति सार्वजानिक गरेका छ ।

 

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले श्रेष्ठलाई सार्वजनिक रूपमा पार्टी प्रवक्ताको लाज जोगाउन भनेका छन् । उनले सामाजिक सञ्जाल टिवटरमा नारायणकाजीलाई मेन्सन गर्दै रिमालले लेखेका छन् इनफ इज इनफ नारायणकाजी जी। कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस।

‘विधी र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् । पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ महसुस होस् । केही समय अगाडि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले आफू निकट पत्रकारहरुसँग सरकार र पार्टीविरुद्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै सल्लाहकार रिमालले यस्तो बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here