झण्डै २ हजार संख्यामा अधिकृत तहको अस्थायी दरबन्दी स्वीकृत

 

सरकारले विभिन्न मन्त्रालयहरूमा राजपत्राङ्कित श्रेणीका विभिन्न पदमा तीन सय ४१ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । साउन १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना तथा कार्यक्रमहरूका लागि चालु आर्थिक वर्षमा आवश्यक पर्ने अधिकृत स्तरभन्दा माथिका विभिन्न पदमा अस्थायी दरबन्दी सिर्जना गरेको हो । जसअनुसार, अर्थ मन्त्रायको प्रस्तावमा नेपाल एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाई सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गत मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक वर्ष २०७७–०७८ मा आवश्यक पर्ने ७ जना राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न भन्दै ४२ जना र सहरी विकास मन्त्रालयमा दुई सय ९२ जना अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
यस अघि नै सरकारले सरकारले विभिन्न मन्त्रालयहरूमा राजपत्राङ्कित श्रेणीका विभिन्न पदमा एक हजार छ सय ८२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

जसअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाका लागि तीन सय ६७, खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरूका लागि १५ र अन्य १२ आयोजनाका लागि दुई सय २३, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र रेल विभाग अन्तर्गत सञ्चालन हुने ५२ वटा आयोजनाका लागि तीन सय ७७ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित कार्यक्रमका लागि सात सय १५, अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here