सरकारी कार्यालय कहाँ-कति भेटिए कोरोना संक्रमित ?

फ्रन्ट लाइनमा रहेर काम गर्ने कर्मचारी र सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार अग्रपक्तिंमा रहेर सेवा पर्याउने कर्मचारी,सुरक्षाकर्मीहरुको स्वाब संकलन गर्दा उनीहरुमा कोरोना संक्रमण भेटिएको हो । आजै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको हो । त्यहाँका ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको हो। यस अघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा स्वाब लिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ । मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा ३०० जनाको स्वाब सङ्कलन गरिएको छ ।
यस्तै संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।यस्तै आजै मात्र प्रचण्ड निवासमा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दुई जना मन्त्रालयका सचिवहरु कोरोना संक्रमितसँगको कन्ट्रयाक ट्रेसिङमा रहेको पाइए पछि उनीहरु पनि होम क्वारेन्टाइनमा छन् ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here