अख्तियारमा २२ जनालाई देखियो कोरोना

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले कार्यरत २२ कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यहाँ कार्यरत एक चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको हो। २२ जनालाई कोरोना संक्रमण देखिएपछि आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको हो।

अझैं आयोगका तीन सय कर्मचारीको कोरोना परीक्षण गर्न बाँकी रहेको छ । आयोगका ८० कर्मचारीको परीक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको हो । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन आग्रह गरेका छन् । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here