समाचार लेखेको भन्दै पत्रकारलाई कालोमोसो दल्ने मेयर ढकालकाे धम्कि

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले नगरपालिका विरुद्धको समाचार लेखेको भन्दै पत्रकारलाई कालोमोसो लगाउने धम्कि दिएका छन् । मेयर ढकालले सार्वजनिक रुपमै जनता भेलागरि पत्रकारलाई कालोमोसो लगाउने बेला आएकोले तयार रहनु भन्दै चेतावनी नै दिएका छन् ।

सञ्चार माध्यमले नगरपालिकाको संलग्नतामा तीन सय भन्दा बढी रुख कटान शिर्षकमा समाचार प्रकाशन एवम प्रसारण गरेका थिए । माडी क्षेत्रमा मेयर ढकालकै नेतृत्वमा काटिएका सालका रुखका विषयमा आएको समाचारप्रति खण्डन गर्दै समाचार लेख्ने पत्रकारलाई ‘पीत पत्रकारिता’को संज्ञा दिएर जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिव्यक्तिको यतिबेला सर्वत्र अलोचना भएको छ । पछिल्लो समय माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच द्वन्द्व चर्कँदै गएको छ । सुकुम्बासी बस्ती स्थानान्तरणको नाममा नगरपालिकाले राईटोलमा सालको रुख काटेर कुसुमखोलाको बासिन्दालाई राखेको छ । ठूलो मात्रामा रुख फडानी गरेर बस्ती बसालेपछि निकुञ्जले घर निर्माणको काम रोकेको छ ।

यही विषयलाई लिएर विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि माडीको मेयर आक्रोशित छन् । चेपाङ तथा सुकुम्बासी समुदायको आन्दोलनको कार्यक्रममा बोल्दै मेयर ढकाल पत्रकारमाथि खनिएका थिए ।

मेयर ढकालले पत्रकारलाई कालोमोसो दल्ने मात्र नभई सरकारी कर्मचारी प्रति पनि सम्मानको भावना नभएको बताएका छन् । उनले कर्मचारीलाई आफूले ज्यु हजुर भन्ने चलन नभएको भन्दै अपशब्द नै प्रयोग गरेर एक टेलिभिजन कार्यक्रममा कर्मचारीलाई कुकुरको रुपमा लिने गरेको अभिव्यक्तिनै दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here