सरकारी कर्मचारीको नि:शुल्क कोरोनो बीमा

सरकारी अनुदानमा कोरोना बीमा शुरु भएको छ । सरकारले बजेटमा घोषणा गरेको कोरोना बीमा कार्यक्रमलाई कार्याविधि बनाएर बीमा समितिले औपचारीक रुपमा लागू गरेको हो । बीमा समितिले १ लाख रुपैयाँको कोरोना बीमा गर्दा सरकारी कर्मचारीले शत प्रतिशत र सर्वसाधारणले ५० प्रतिशत सरकारी अनुदान पाउने जनाएको छ ।

सरकारी कर्मचारीको निःशुल्क सामूहिक बीमा गर्ने सम्बन्धमा बजेटले व्यवस्था गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताए ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। समितिले सरकारी कर्मचारीको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउने बताएको हो।

समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले सरकारी कर्मचारीको निःशुल्क सामूहिक बीमा गर्ने सम्बन्धमा बजेटले व्यवस्था गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनका अनुसार,नागरिकले आफ्नो परिवारको सामूहिक बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याइएको सुनाए । परिवारका सबै सदस्यको सामूहिक बीमा गरे मात्रै उक्त अनुदान पाउने अध्यक्ष चापागाईंले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here