आदेखि जोरबिजोर प्रणाली लागूः राति ९ बजेदेखि हिँडडुल बन्द

 

सरकारले आज (बिहीवार)देखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जोबिजोर प्रणालीमा चलाउने निर्णय गरेको छ । सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको हो। यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्नेछन्। यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ।

यस्तै काठमाण्डौ प्रवेश गर्ने ढुवानीबाहेकका सबै गाडीलाई बेलुकी ७ देखि बिहान ७ बजेसम्म प्रवेशमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण बढ्दै गएका जिल्ला क्रमशः बन्द गर्दै जाने र परीक्षण बढाउन आग्रह गर्ने पनि गृहले जनाएको छ ।अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने र सामूहिक भोज भतेर र समारोह पूर्ण रुपमा बन्द गर्ने पनि गृह मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here