सुनको भाउ ऐतिहासिक रेकर्ड ब्रेक :- तोलाकै १ लाख १ हजार ४ सय

सुनको भाउ ऐतिहासिक उचाई कायम गरेको छ । साताको चौथो दिन सुनको भाउ तोलामै १ हजार ६ सय रुपेंयाले बढेर नयाँ रेकर्ड कायम गरेको हो । योसँगै छापावल सुन तोलाकै १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबारको सुनको यो भाउ नेपालकै इतिहासमा उच्च हो। हिजो मंगलबार पनि तोलामा २०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९९ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ३६५ रुपैयाँ कायम भएको थियो। गत सातादेखि लगातार नेपाली बजारमा सुनको भाउमा उछाल आइरहेको छ। गत साताभरि सुनको भाउ तोलामै ३ हजार ५०० बढेको थियो।

यसैगरी चाँदीको भाउ पनि आज बुधबार ऐतिहासिक उचाइमा पुगेको छ। आज तोलामै ६५ रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार २९५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here