राजेश हमालको घरछेउमै ‘बलात्कार’

महानायक राजेश हमालको घरछेउ कपुरधारा चोकमा बिहान आठै बजे हातपात गर्न आएको भन्दै केही दिनअघि एउटा अधवैंशे पुरुषलाई जबर्जस्ती करणी उद्योगको अभियोगअन्तर्गत मुद्दा चलाउन जिल्ला अदालत काठमाडौं लगियो । सार्वजनिक स्थलमा भएको त्यस्तो कामलाई जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको अभियोगमा आवश्यक कारबाही गर्न सक्छ । अदालतमै तीस बर्ष सेवा गरेर वकालतमा लागेका भोजबहादुर बस्नेतले सोही वारदातअन्तर्गत सिडिओ कार्यालयमा निवेदनसमेत दिइसकेका छन् । जेठ ३१ गतेको उक्त घटनामा हिरासत र अनुसन्धानको २५ दिने म्यादभित्रै जिल्ला अदालत,काठमाण्डौले दुई साताअघि निज अभियुक्तलाई ५० हजार रूपैयाँ धरौटी मागेको छ भने तिनै युवतीलाई लक्ष्यित गरी फेसबुक मेसेञ्जरमा अश्लिल शब्दले गालिगलौज गरेको साइबर अपराधमाचाहिँ थुनामा राख्न आदेश दिइएबमोजिम उनी अहिले जेलमा छन् ।
प्रहरी स्रोतअनुसार,पीडित भनिएकी युवतीले आफूले आरोपित युवकसँग लाखौंको कारोबार गरेको बताएकी छन् । लकडाउनको बेला खान नपाउँदा तिनै युवकले लत्ताकपडासहित आर्थिक सहयोग गरेकोसमेत स्वीकारेकी छन् । युवतीको हाउभाउ र कुराकानीबाट बलात्कारको आरोप लागेका युवकसँग विवाह गरेर घरजम गर्नसमेत तयार छिन् । तर,बस्नेत थरकी विवाहित युवतीका अभिभावकहरू विवाहित मधेशी युवकसँग आफ्नी छोरी चेलीको विवाह नहोस् भन्ने चाहन्छन् । आफूहरू अनिच्छुक रहेको युवकसँग युवतीले विवाह गर्ने सुर कसेको थाहा पाएपछि परिवारले नै करणीको अभियोग लगाइदिएको प्रहरीको आशँका छ ।
करणीको बात लागेका युवक राप्रपासमर्थित युवा संगठनका केन्द्रीय सदस्य मौलेश्वरसिंह राजपुत हुन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का मौलेश्वर काठमाडौंको कोटेश्वरमा डेरामा बस्दै आएका थिए । जिल्ला अदालतको आदेश चित्त नबुझाएर सरकारी वकिलले असार २८ गते उच्च अदालतमा पुनरावेदन गरिसकेका छन् । जनआस्थाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here