खोलामा पुल नहुँदा हाम्फालेर जोखिमपूर्ण यात्रा! सरकार कर्णालीमा यो जोखिम कहिले हट्छ ?

पीडा आफ्ना आफ्ना छन् । जनताका सबै पीडा सिंहदरबारलाई थाहा हुँदैन ।

सम्भवतः कर्णालीको पीडा कर्णाली प्रदेश सरकारले पनि नदेखेजस्तो गरेको छ । स्थानीय सरकारका त कुरै बेग्लै । कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु ।

राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ । कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए। कालेखोला, दहीखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छु, उनले भने , पिली सडकको पहिरो हटाउने काम भइरहको छ।’ बाढीले पुल बगाएपछि कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा यात्रु बाध्य भएका छन्। तस्वीर – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here