प्रदेश १ का मुख्य न्यायाधिवक्ताका परिवारै कोरोना संक्रमित

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सामान्य ज्वरो आएपछि स्वास्थ्य परिक्षण गराएका न्यायायाधिवक्ता आचार्यलाई आइतबार कोरोनाको संक्रमण पुष्टि भएको हो । विराटनगर –५ का न्यायायाधिवक्ता आचार्यसहित परिवारका ३ जना सदस्यलाई पनि संक्रमण देखिएको जनाइएको छ ।

आचार्य, उनकी श्रीमती र छोरालाई कोरोना पोजेटिभ देखिएको हो। परिवारका सबै सदस्यलाई ज्वरो आउन थालेपछि आचार्य आफैंले स्वाब परीक्षण गराएका थिए। मुख्य न्यायधिवक्ताको सचिवालयका अनुसार उनीहरुमा कोरोना कसरी देखियो भनेर अहिलेसम्म स्रोत खुलेको छैन। ‘सरले नै भन्‍नु भएअनुसार उहाँको परिवार लामो समयदेखि बाहिर कतै यात्रा गरेको छैन,’ सचिवालय स्रोतले भन्यो, ‘उहाँले आफू र परिवारका सदस्यलाई कडा खालको ज्वरो आएको भन्दै कार्यालय पनि आउनु भएको थिएन। सार्वजनिक कार्यक्रममा त जाने कुरै भएन।’ आचार्यका परिवार विराटनगर महानगरपालिका ५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन बसेका छन्। उनी दुई हप्ता यता कार्यालय नगएको प्रदेश १ को मुख्य न्यायाधिवक्ता कार्यालयकी सूचना अधिकारी रेवती सुवेदीले जानकारी दिइन्। ‘सर अफिस नआउनु भएको त १३ दिन जति भयो,’ उनले थाहाखबरसँग भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here