“माघसम्ममा सुनको भाउ तोलाकै १ लाख २५ हजारसम्म पुग्न सक्छ”

सुन चाँदी व्यवसायीहरुले सुनको भाउ बढोर तोलामै १ लाख २५ हजारसम्म पुग्न सक्ने बताएका छन् । पछिल्लो समय सुनको भाउको ग्राफ क्रमश उकालो चढ्दै एक लाख नजिक पुगेको छ । सुन चाँदी व्यवसायीहरुले सुनको भाउ अझें अकाशिएर तोलामा १ लाख २५ हजारसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।

पछिल्लो समयमा सुनको भाउले नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । सुन चाँदी व्यवसायीहरुको अनुसार, कोरोनाको प्रभावको कारण मूल्य उकालो चढिरहेको छ । कोरोना कहर र लकडाउनका कारण लगानीका अन्य क्षेत्रहरु नभएका कारण सुनमा नै लगानी गर्नको लागि सुनको माग बढेको सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियस रत्न शाक्य सुनाउँछन् । कोरोनाको कहर चलुन्जेल सुनको भाउ उकाला लाग्ने व्यापारीहरुको बुझाई छ । व्यवसायीहरुका अनुसार सुनको भाउ बढ्ने क्रम अझैं माघसम्म चल्नसक्नेछ । सुन चाँदी व्यवसायीहरुले चाहिँ यही अनुपातको सुनको मूल्य उकालो लाग्यो भने अब माघ महिनासम्ममा प्रति तोला सुनको मूल्य एक लाख २५ हजार नाग्ने छ । यस्तै आँकलन गर्दछन् बताउँछन् नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर वज्राचार्य पनि । बज्राचार्यले भन्छन् यही अनुपातमा सुनको भाउ उकालो लाग्ने हो भने नेपाली बजारमा तोलाको १ लाख ३० हजारसम्म पुग्नसक्छ।
कोरोना कहरपछि अर्थतन्त्र पूर्ववत अवस्थामा फर्किए नेपाली बजारमा सुनको मूल्य घटेर ९० हजारदेखि ८५ हजारसम्ममा झर्नसक्ने सुन चाँदी व्यवसायीहरुको आँकलन छ ।

LEAVE A REPLY