कोरोनाको कहरले लोकसेवाको बार्षिक कार्यतालिका प्रभावित हुन्छ कि हुँदैन् ?

कोरोना कहर र लकडाउनका कारण लोकसेवा आयोगको बार्षिक परिक्षातालिका फेरि प्रभावित हुने भएको छ ।
आयोगले गत साउनमै बार्षिक कार्यतालिका प्रकाशन गरेको भए पनि कार्यतालिका प्रभावित हुने भएको हो । कोरोना संक्रमितहरु बढ्दै गएका कारण आयोगले यस अघि नै प्राविधिक,अप्राविधिक लगायतका सबै परीक्षा स्थगित भएका छन्।
आयोगको बार्षिक कार्यतालिकामा २०७६/ ०७७ को लागि विज्ञापन गरिएका पदहरूमध्ये स्वास्थ्य सेवाका एघारौं तहको अन्तर्वार्ता र सिफारिस साउनमा गरिने उल्लेख गरिएको थियो ।

यस्तै,राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक र प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौं तहको लिखित परीक्षा साउन/ भदौमा र अन्तर्वार्ता सिफारिस भदौ/असोजमा गरिने उल्लेख छ ।
यस्तै स्वास्थ्य सेवा ११ औं र ९ औं तहको असोज अन्तिम बुधबार विज्ञापन गरिने सूचनामा उल्लेख छ । बढ्दै गएको कोरोना संक्रमितको कारण आयोगको रोकिएको परीक्षासमेत तत्काल नहुने हो कि भन्ने चिन्ता परीक्षार्थीहरुमा परेको छ । यद्यपि आयोगले भने, कोरोना कहर बढ्दै गए पनि अन्तर्वार्ताका कामहरु गरिरहेको जनाएको छ ।

आयोगका प्रवक्ता गीता कुमारी होमागाईंका अनुसार,लोकसेवाले लिने परीक्षाका लागि चाहिने पूर्वाधारहरु तयार भएको खण्डमा आयोग परीक्षा गर्नका लागि तत्पर रहेको प्रतिक्रिया दिईन् ।

 

LEAVE A REPLY