सचिवमा बढूवा हुन बरिष्ठ होइन “अर्थाेकै” चाहिने ?

पछिल्लो क्याविनेट बैठहरुले बढूवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका बरिष्ठ सह सचिवलाई सचिवमा बढूवा नगरी दोश्रो वा तेश्रो नम्बरका सह सचिवहरुलाई सचिवमा बढूवा गर्दै आएको छ । जस्को कारण कर्मचारीहरुको गुनासो छ बढूवाको सिष्टम भत्कियो । जतिखेर मुख्य सचिव लीलामणि पौडेल थिए त्यो समयमा सचिव वढूवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका सह सचिवलाई नै सचिवमा उकालिन्थ्यो । तर पछिल्लो चरणमा थिती विग्रियो । मन लाग्दो ढंगले आफू निकटकाहरु छानी छानी सचिव बनाइने र पहिलो नम्बरमा नाम सिफारिस भएकाहरु पिल्सिरहनु पर्ने अवस्था छ । यस्तो अवस्था भोगिरहेछन् विगत तीन् महिनादेखि सह सचिव गोकर्णमणि दुवाडी ।
र फेरि पनि सचिव बढुवा सिफारिस समितिले तीन बरिष्ठल सह सचिवहरुको नाम सिफारिस गरेको छ । रिक्त १ सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवहरु चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र वीर बहादुर राईको नाम सिफारिस गरेको हो ।आगामी मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ । स्रोत भन्छ यस पटक पनि पहिलो र दोश्रो सह सचिवहरुको नाम काटिएर तेश्रो नम्बरमा नाम सिफारिस भएका बीर बहादुर राईले बाजी मार्नेछन् ।

LEAVE A REPLY