कोरोना संक्रमण देखिएपछि बग्गीखाना सिल, ३७५ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा

कोरोानाभाइरस (कोभिड १९)को संक्रमण देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सिल गरिएको छ । रामशाहपथ (बग्गीखाना)स्थित महाशाखाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो ।

संक्रमित दुई जनालाई बलम्बुस्थित एपिएफ अस्पतालमा पठाइएको छ। महाशाखाबाट स्वाब परीक्षणको लागि नामावली पठाइसकेको छ भने क्वारेन्टिन बसेका ट्राफिक प्रहरीको केही दिनमा मात्रै स्वाब परीक्षण गरिने स्रोतले बतायो।

३७५ जना क्वारेन्टाइनमा राखिए पनि एक हजार एक सय ७० जना ट्राफिक ड्यटीमा खटिएका छन् । महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ ।
उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।

LEAVE A REPLY