परिणाम देखिने गरी आठ घण्टा काम गर्न कर्मचारीलाई प्रम ओलीको निर्देशन

oli1

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनलाई जनमुखी, नतिजामुखी र व्यावहारिक बनाई जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रतिवेदन आइतवार ग्रहण गर्दै उनले भने, ‘सार्वजनिक प्रशासनमा सङ्लग्न कर्मचारीले दलीय आडमा काम गर्ने प्रवृति त्यागेर नियमित अनिवार्य रुपमा न्यूनतम आठ घण्टा परिणाम देखिने गरी काम गरेको हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले ढिलासुस्ती अन्त्य गरी परिवर्तनको अनुभूति दिने गरी कार्य गर्न गराउन नेपाल सरकारका सचिवहरुलाई पनि  निर्देशन दिए । उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले प्रशासन सुधार कार्यान्वयन प्रतिवेदन पेस गर्दै मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गरी विशेष संयन्त्रमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्नुपर्नेमा जोड दिए ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिबाट तयार गरिएको चुस्त र प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा उच्चपदस्थ कर्मचारीबाट व्यक्त २५ बुँदे प्रतिबद्धतालाई कानुनी मान्यता प्रदान गरी त्यसको अनुगमनको प्रभावकारी व्यवस्था गर्ने र राष्ट्रिय सुरक्षा, परराष्ट्रलगायत क्षेत्रमा राष्ट्रिय नीति तर्जुमा गरी लागू गर्ने कुरा प्रतिवेदनमा सिफारिस गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here