यस कारण उपसचिव प्रेम सञ्जेल कुटिए

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कुटिपिट गरेका छन् ।सञ्जेलको अनुहारमा सामान्य चोट छ।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उनलार्ई कार्यकक्षमै कुटपिट भएको छ । शनिबार बिहान कार्यकक्षमै उनलाई एक समूहले कुटपिट गरेको छ । प्रहरीले संजेलमाथि कुटपिटमा संलग्न दुई कर्मचारीलाई नियन्त्रणमा लिइसकेको छ । कुटपिटको आरोपमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्न दुबै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गालीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले कुटपिट गरेको प्रहरीसमक्ष बताएका छन्।एक कर्मचारीका अनुसार केही दिनअघि कार्यालयमा रहेको पानी तान्ने मोटर चोरी भएको थियो। सो घटनापछि कर्मचारीमाथि कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेलले चार जनामध्ये दुई जना कार्यालय सहायकहरुलाई आलोपालो गरी २४ घण्टाको ड्युटी खटाएका थिए। सोही विषयमा सञ्जेलसँग कर्मचारीहरुको विवाद बढ्दै गएको ती कर्मचारीले बताए।

LEAVE A REPLY