दुई जना महिला कार्यालय सहयोगीले पिटे प्रेम सञ्जेललाई, आखिरी किन ?

मोरङको विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीले शनिबार बिहानै कार्यकक्षमै कुटपिट गरेको प्रहरीले जनाएको छ । छन्। उपसचिव संजेलमाथि शनिबार बिहान कार्यकक्षमै करार सेवाका महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले करारमा कार्यरत मेनुका सापकोटा र नेत्र भट्टराईले ड्युटीको विषयलाई लिएर सञ्जेलमाथि कुटपिट गरेको बताए। कार्यालय सहयोगी पदमा कार्यरत उनीहरुले सञ्जेलको टेबलमा रहेका पञ्चिङ् मेशिन, पेपर वेट, फाइल बोर्ड लगायतले सञ्जेलमाथि प्रहार भएको प्रहरीको भनाइ छ। कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारमा चोट लागेको छ।

कुटपिटमा संलग्न दुबै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गालीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले कुटपिट गरेको प्रहरीसमक्ष बताएका छन्।एक कर्मचारीका अनुसार केही दिनअघि कार्यालयमा रहेको पानी तान्ने मोटर चोरी भएको थियो। सो घटनापछि कर्मचारीमाथि कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेलले चार जनामध्ये दुई जना कार्यालय सहायकहरुलाई आलोपालो गरी २४ घण्टाको ड्युटी खटाएका थिए।

सोही विषयमा सञ्जेलसँग कर्मचारीहरुको विवाद बढ्दै गएको ती कर्मचारीले बताए।

LEAVE A REPLY