राखेप उपाध्यक्षमा “ज्वाला”,सदस्य सचिवमा सिलवाल

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा शिव कोइराला ज्वालालाई नियुक्त गरेको छ । यस्तै सदस्य सचिवमा गोल्डन गेट कलेजका मालिक रमेश सिलवाललाई नै दोह्रर्याएको छ ।
पूर्वमाओवादी केन्द्रसम्बद्ध खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ खेलकुद पृष्टभूमिकै कोइराला यसपटक राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् । वाइसियल पृष्ठभूमिका ‘ज्वाला’ पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छन् । सैन्य पृष्ठभूमि हुँदै शान्ति प्रक्रियालगत्तै काठमाडौंको वाइसिएल नेतृत्व गरेका उनी पहिल्यैदेखि खेलाडी हुन्, तेक्वान्दोका । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल तेक्वान्दो संघमा अध्यक्ष छन् ।
कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका थिए । उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालको पदावधि ४ वर्षको रहनेछ ।
यस पटक सदस्य सचिवको नियुक्त छुट्टै ढंगबाट भएको थियो । नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।
जसमध्ये गोल्डन गेट कलेजका मालिक सिलवाललाई पुन नयाँ सदस्य सचिव नियुक्त भएका छन् । छ दशक अघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here