सेतो याक (श्रृंखला :- १)

फर्केर क्वाटरमा आएँ । काली आएको थिएन । मलाई त्यस मान्छेको रूवाइको रहस्य नबुझी निद्रा नपर्ने पक्का भयो । एकदम छटपटी भयो । झ्याल  खोलेर हेरेँ । दियो बलिरहेको थियो । एक महिला आएर दियोमा घिउ थपेर गई । महिला अनि आँगनमै थियो त्यो मान्छे । जहाँ अगि त्यो कुहिरेको लास सुताइएको थियो । त्यो पुरूष एक्लै घुँडामाथि हात राखेर बसेको थियो । एउटी महिला आएर पटकपटक भित्र बोलाउँदा पनि ऊ केही नबोली झोक्राइरहेको थियो ।
अब छटपटिने पालो मेरो । मलाई ऊसँग कुरा नगरी सासै फेर्न अप्ठ्यारो भइसकेको थियो । काली पनि आइपुग्यो तर उसले खासै वास्ता गरेन । ऊ अफिसकै कामको तनावमा परेजस्तो थियो ।
म पुगेँ । उसकै अगाडि उभिएँ । एक छिनसम्म केही बोल्ने आँट आएन । उसकी श्रीमतीले मुडा ल्याएर ओछ्याइदिई ।

म काली सरको साथी । काठमाडौंबाट घुम्न आएको । साथीको छिमेकमा मरिमराउ हुँदा भित्रै बसिरहन मनले मानेन । अगि मलामी पनि गएको थिएँ । साथीको छिमेकमा मरिमराउ पर्दा यत्तिकै बस्न मन लागेन । काली सर अफिस गइसकेकाले गर्दा उनको साटो पनि म गएँ ।’
मेरो कुराले केही त असर परेछ । उसले आफ्नो बसाइको पोजिसन फेर्यो । मैले सिधै सोध्ने आँट गरिनँ । भनेँ, कुन देशका नागरिक रहेछन् तिनी । तपाईँसँग राम्रो चिनजान हुनुपर्छ तिनको । तपाईँलाई निकै  दु:खी पारेर गए ।’
एक छिन सन्नाटा छायो । मैले फेरि भनेँ, ।।।हिमाल चढ्न आएका थिए होलान तर विदेशीको लास यसरी आफैँ जलाउनुभयो । पछि केही समस्या हुने हो कि ? म एक्लै निकै बेर बोलेँ ।
।।।म लेखक हुँ । कालीप्रसाद मेरा साथी हुन् । एउटा प्राइभेट अफिसमा काम गर्छु । चुनावको बिदामा घुम्न आएको ।’

मैले लेखक हुँ भनेपछि उसले निकै चनाखा आँखाले मलाई हेर्यो र मेरो कुरामा ध्यान दियो ।
मलाई एक्लै छोडेर गयो मेरो आमालाई भेट्न ।’
मेरा जिज्ञासु आँखालाई पुलुक्क हेर्यो । अनि छेउमा राखेको कोकाकोलाको बोतलबाट दुई घुट्को पानी पियो । र सुनायो एउटा अनौठो कथा ।

क्रमश………

कुशल प्रशासक केदार पनेरुको औपन्यासिक कृति सेता याकको अंश हरेक साता edevnews.com मा पढ्न सकिनेछ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here