नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन् । उनी यस अघि कमिटीकै उपाध्यक्षका रुपमा क्रियाशिल थिए । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टण्डनले राजवैद्यलाई नियुक्तिको पत्र प्रदान गरेका हुन्। एनओसीले कार्यकारी निर्देशक नियुक्त गरेको यो पहिलोपल्ट हो।
एनओसीको विधानअनुसार ३७ धाराको उपधारा १ अनुसार कार्यकारी बोर्डले कार्यकारी निर्देशक नियुक्त गरेको हो। अब यो जिम्मेवारीमा रहेर राजवैद्यले एनओसीका नियमित सबै प्रशासनिक काम सम्हाल्नेछन् । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष उनी २०४६ देखि टेबलटेनिस संघमा आवद्ध भएर काम गरिरहेका छन्।
सन् २०१९ मा भएको एनओसीको चुनावबाट उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । नेपालमा एमबीए पढाइको पहिलो पुस्ताका विद्यार्थी रहेका उनी सन् १९८५ मा उत्तीर्ण भएका थिए।