उपत्याकाबासीलाई बिषादीरहित तरकारी खुवाउने अधिकृत सीता गुरुङको अभियान

बूढापाका भन्छन् नि उत्तम कृषि,मध्यम व्यापार,निर्घिणी नोकरी ।
जीवनका झण्डै २५ बर्षसम्म सरकारी सेवा गरेर जागिरे बनेकी उनको अहिले पहिचान बदलिएको छ । जागिरसँगसँगै उनी कृषि कर्ममा पनि होमिएकी छिन् । उद्यमीको रुपमा उनको पहिचान फेरिदैं छ ।

राजधानी शहरमा बिष मिसिएका तरकारी र फलफूलको सेवनबाट आजित र हैरानी बेहोर्र्दै आएकी उनी अहिले आर्गेनिक फलफूल र तरकारी उत्पादन मात्र गर्दिनन् । यस्ता आर्गेनिक तरकारी र फलफूलहरु बजारमा पठाउँदै आएकी छिन् ।

एकातिर जागिरे जीवन त्यहीमाथि सँगसँगै कृषि कर्म ।
अझैं विभिन्न संघ संगठनहरुको नेतृत्वदायी भूमिका ।
र ती भूमिकाहरु कुशलतापूर्वक निर्वाह ।
सीता गुरुङको पहिचान हो,नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका सचिवका अलवा केन्द्रीय सामाजिक सेवा बिभागका प्रमुख ।
जागिरे जीवनको सिलसिला चाहिँ जोडिएको छ,ललितपुर गोदावरी नगरपालिका,महिला तथा बालबालिका शाखाका प्रमुख ।
कर्मचारी र संगठन वृत्तमा कर्मठ, ईमान्दार र जुझारु नेतृको रुपमा परिचित सीता गुरुङको अर्काे पनि पहिचान थपिएको छ व्यवसायिक कृषकको रुपमा । गत मंसिरदेखि व्यवसायिक कृषि कर्ममा हेलिएकी छिन् ।
शनिवार,सार्वजानिक विदाका दिन अधिकांश समय उनी आफ्नै कृषि फर्ममा तरकारी,फलफूलहरुको गोडमेल र मलजलमै रमाइरहेकी हुन्छिन् ।
जागिरका दिन बिहान १० देखि साँझ ५ बजेसम्मको अफिस ड्युटीको समयको अलवा बाँकी समय उनी उनका परिवारका अन्य सदस्यहरु कृषि कर्ममै भिजिरहेका हुन्छन् ।
भक्तपुरमा ९ रोपनी जग्गा भाडामा लिएर त्यहाँ गत मंसिरदेखि कृषि कर्म सुचारु भएको छ । भक्तपुर सूर्यविनायक १ लामाटार नजिकै सीताले कृषि फर्म सञ्चालन गरेकी छिन् ।
त्यहाँ ७ रोपनी जग्गामा टमाटारमात्र लगाइएको छ । बाँकी २ रोपनी जग्गामा फर्सी,बोडी,लौका,घिरौला,करेला लगायतका सिजनेवल तरकारीहरु हुर्कदै छन् ।
सीताका अनुसार,अहिले टमाटर मात्र दैनिक सात सय देखि आठसय केजीसम्म उत्पादन हुन्छ ।
भन्न त हामी कृषि प्रधान देश भनेर घोक्छौं पाठ्यपुस्तकहरुमा । घोकाउँछौं हाम्रा नानी बाबुहरुलाई ।
तर हामी भएका छौं,कुर्सी प्रधान देशका नागरिक ।
कोरोना कहरका कारण पनि अब कृषितिरै नफर्की धर छैन् ।
तर सीताहरुको कृषिफार्म कोरोना काल शुरु हुनुभन्दा चार महिना अघि शुरु भएको हो ।
जतिखेर लकडाउनको समयथ्यो । तिनताक टमाटार राम्रै विक्री भए पनि अहिले बजार घटेको सीताको अनुभव छ ।
अथाहा सम्भावना हुदाहुदै पनि भारतबाट आयातित विषादीयुक्त तरकारीले थलथल भएका उपत्यकाबासीलाई विषादीमुक्त स्वादिलो तरकारी खुवाउने अभियानका साथ कृषि कर्म प्रारम्भ गरिएको सीताको कथन छ ।
यो सात महिने अनुभवले सीताहरुको उत्साह अझैं थपिएको छ । अझैं २० रोपनी जग्गा भाडामा लिएर कृषि व्यवसाय विस्तार गर्ने योजना अघि बढ्दैछ ।
केही महिना भित्रै यो योजनाले मूर्तरुप लिने सीताको भनाई छ ।
सरकारी सेवामा आजभन्दा साढे दुई दशक अघि प्रवेश गरेकी हुन उनी । ०५२ सालमा महिला विकास कार्यलयबाट निजामती सेवामा पाइला राखेकी उनी जागिरे जीवनको सिलसिलामा सिन्धुली तीन बर्ष,तेह्रथुम,संखुवासभा,लमजुङ लगायतका जिल्लाहरुमा पुगिन् । र अहिले ललितपुरजिल्लाको गोदावरी नगरपालिकामा महिला विकास अधिकृतको रुपमा कार्यरत छिन् ।
सीताले भनिन कृषिमा प्रचुर सम्भावना देखेरै लागिएको हो, अहिले शुरुआती चरणमा छौ, यो व्यवसायलाई विस्तार गर्दै योजना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here