नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिन्ह (फोटोफिचर)

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्री दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । आज गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । थापा मंगलबार नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षक आइजिपीमा नियुक्त भएका थिए । सरकारले वरिष्ठताका आधारमा थापालाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

आइजिपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिन्छन् ।

थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।

यस्तै थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गर्नुभएको छ ।

२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा अब भने २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

 

LEAVE A REPLY