यसरी बन्दैछ ३५ लाख लागतमा बर्दिवासमा नमुना रंगशाला

सरोज पोखरेल

झण्डै ३५ लाख लागतमा निर्माण हुन लागेको बर्दिवास रंगशाला निर्माणको काम द्रुततर गतिमा अघि बढिरहेको छ । कोरोना कहर र लकडाउनका बीच पनि अहिले रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय र नगरपालिकाकै खर्चमा रंगशाला निर्माणको काम तिव्रतर गतिमा अघि बढेको छ । त्यहाँ रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले २५ लाख रकम विनियोजन भएकोमा सोही रकममा बर्दिबास नगरपालिकाबाट १० लाख ७१ हजार बजेट थपेर अहिले रंगशाला निर्माणको काम तिब्र ढंगले अघि बढेको समितिका सचिव दीपक कार्कीले जनाउनु भयो ।


रंगशाला निर्माणका लागि अहिले यहाँ रंगशाला निर्माण समिति गठन भइसकेको छ । सो समिति गठन भएसँगै रगशाला निर्माणको कामले तिव्रता पाएको सो समितिका सचिव कार्कीको भनाई छ । प्रारम्भिक चरणमा अहिले १ सय ८५ मि कम्पाउन्ड पर्खालको काम हुदैछ । यो रंगशाला बर्दिबास चोक , हाईवेबाट करिब १ किमी दक्षीण तर्फ अबस्थित छ । रंगशाला निर्माण शुरु भएसँगै यहाँका खेलाडीहरुमा छुट्टै उत्साह र उर्जा थपिएको खेलाडीहरुको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here