सिंहदरबारभित्रैबाट विद्रोह

निजामती कर्मचारीहरुले सिंहदरबारभित्रैबाट विद्रोह शुरु गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट जर्वजस्त पास भएको विद्येयकको विरुद्धमा अधिकांश मन्त्रालयमा कार्यरत नायब सुब्बा, खरदार लगातका तहका कर्मचारीहरु विद्रोहमा उत्रिएका हुन् । विद्येयकले कतिपय प्रावधानहरुले कर्मचारीहरुले वृत्ति विकासको सबै बाटो अवरुद्ध पारेको भन्दै आधिकारिक ट्रेड युनियन अन्तरगत रहेरै सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पालादेखि अड्किएको निजामती विधेयक मन्त्री हृदयेश त्रिपाठी र राज्यव्यवस्था समितिकी सभापति शशी श्रेष्ठको सहमतिमा गत असार १५ गते समितिबाट पारित भएको थियो । विद्येयकका अधिकांश प्रावधानहरु कर्मचारीहरुको अहितमा रहेको भन्दै उनीहरुले शान्तिपूर्ण तवरले सिंहदरबारभित्रैबाट काम काज समेत असर नपर्ने गरी विरोध गरिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, सत्तापक्ष दलकै कतिपय सांसदहरु र प्रतिपक्षी दलका सांसदहरुको असहमति रहँदा रहँदै गत १५ असारमा राज्यव्यवस्था तथा सुशासन समितिको सभापति शशि श्रेष्ठले जर्वजस्त पास गरेको सो विद्येयकको विद्येयकका अधिकांश प्रावधानहरुप्रति कर्मचारीहरुको असहमति छ । विशेषगरी विधेयकले नायब सुब्बाहरुलाई आँशु खसाल्न बाध्य बनाएको भन्दै उनीहरु आन्दोलित छन् ।

अहिले सिंहदरबारका सबै मन्त्रालयका कर्मचारीहरु छात्तीमा कुनै राज्य डुबाउनु छ भने “त्यहाँको प्रशासन डुबाऊ,सुशासन समितिबाट पारित ऐनको मस्यौदाप्रति असहमत छौं “भन्ने प्लेकार्ड राखेर कर्मचारीहरुले कामकाज गर्दैआएका छन् ।

LEAVE A REPLY