जेफ बेजोस बने अहिलेसम्मकै धनी, यस्तो छ उनको विगत

विश्वको लोकप्रिय अनलाइन ईकमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको सम्पति अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । जेफ बेजोसको सम्पति अहिले करिब १७१।६ अर्ब डलर पुगेको ब्लुमवर्गले जनाएको छ ।

कोरोना महामारीको समयमा अर्थतन्त्र खस्किएको अवस्थामा जेफ बेजोसको भने सम्पति बढेको हो । अनलाइन ईकमर्श कम्पनी अमेजनमा बेजोसको ११ प्रतिशत शेयर रहेको छ ।

गत वर्ष जेफ बजोसले आफ्नी श्रीमती म्याकेन्जी बेजोससँग डिभोर्स गर्दा उनको सम्पती कम भएको थियो । म्याकेन्जीको अमेजमा ४ प्रतिशत शेयर रहेको छ । उनको सम्पति ५६.९ अर्ब डलर पुगेको छ । म्याकेन्जी बेजोस ब्लुमवर्गको १२ औं श्रेणीमा रहेकी छिन ।

आधुनिक इतिहासका धनी व्यक्ति जेफ बेजोस अमेजनका मालिक हुन् । अमेजन शुरु गर्नु अगाडि नै उनले कम्प्युटर तथा मोबाईलमा एक क्लिक गरेकै भरमा घरमा सामान पुग्ने कल्पना गरेका थिए ।अमेजन जस्ता अनलाईन सपिङ प्लेटफर्म खुल्न थालेपछि अन्य पसलको अस्थित्व खतरामापनि परेको छ ।

कुनै समय पुराना किताब मात्रै बेच्ने यो कम्पनी अब हरेक सामान बेच्ने गर्छ ।बेजोस अहिले दुनियाँको धनी व्यक्ति भएर मात्रै सन्तुष्ट छैनन् । उनी भविष्यमा अन्तरिक्षसम्मको यात्रा गर्ने कल्पना गर्छन् । सन् २०१३ मा वाशिङ्टन पोष्ट खरिद गरेको अमेजनले सन् २००४ मा ब्लू ओरिजिन नामक एअरस्पेस फर्म फनि स्थापना गरिसकेको छ । आगामी वर्ष यो कम्पनी अन्तरिक्ष यात्राको टिकट पनि बेच्ने योजनामा छ ।

न्यू मेक्सिकोमा सन् १९६४ मा जन्मेका जेफले हाई स्कुलको बिदाई समारोहमा अन्तरिक्षमा कोलनी बनाउने कल्पना गरेका थिए । सन् १९८६ प्रिस्टन विश्वविद्यालयमाबाट इलेक्ट्रिकल इञ्जिनियरिङ ब्याच्लर इन साइन्सको डिग्री लिएका जेफले केही समय फाईनान्स कम्पनीमा पनि काम गरेका थिए ।

जेफले अमेजनको शुरुवात ग्यारेजबाट पुराना किताब बेचेर गरेका थिए । सन् १९९५ मा सार्वजनिक भएको अमेजनले एक महिनामा अमेरिकाका ५० राज्य र ४५ वटा देशबाट अर्डर लिएको थियो । स्थापनाको पहिलो पाँच वर्षमा अमेजनका ग्राहकको संख्या १ लाख ८० हजारबाट बढेर एक करोड १७ लाख पुगेको थियो । यही अवधिमा अमेजनको बिक्री पनि ५ लाख ११ हजार डलरबाट बढेर १.६ अर्ब डलर पुगेको थियो ।

अमेजनको बढ्दो लोकप्रियता र व्यापार देखेर सन् १९९९ मा टाईम म्यागेजिनले जेफलाई किङ अफ साईबर कमर्स भनेको थियो ।अमेजनमा अहिले ५ लाख ७५ हजार कर्मचारी काम गर्छन् । यस बाहेक अमेजन हजारौ थर्ड पार्टी कारोबारीलाई लजिस्टिक, भण्डारण, ऋण र बिक्रीको सुविधा दिन्छ । ति हुँदा हुँदैपनि अमेजनमाथि बजारमा एकाधिर जमाएको कर चुक्ता नगरेको र श्रम कानून पालना नगरेको आरोपपनि लाग्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here