मकैको भाउ नबढेपछि सर्लाहीका किसान मर्कामा

अन्जना सुवेदी,सर्लाही । कोरोना भाईरसका कारण ढाड भाँचिएका सलार्हीका गरिब किसानहरु मकैको भाउ नपाएपछि थप मर्कामा परेका छन। मकै बेचेर पैसा आउने सपना बुनेका सलार्हीका मकै किसानहरु मकैको उचित मुल्य नपाएपछि उनिहरुको घाउमा थप पिडा थपिएको छ।
पोहोर साल २५ देखि ३५ सय क्विन्टलका दरले मकै बेचेका सलार्हीका किसानहरु सरकारले गरेको लक डाउनले मकै २२ सयका दरले पनि बिक्रि हन नसकेपछि चिन्तित बनेका छन् । मकैको उचित मूल्य नपाएपछि किसानहरु घरमा मकै थन्कयाउन थालेका छन् । बर्षा लागेपछि घरमा मकै थन्कयाउदा मकैमा किरा लाग्ने तथा मकैको कुहिने समस्याले पनि किसानलाई चिन्तित बनाएका छन् । खेतिपातीले नै परिवारको जिवकोपार्जन गर्ने गरिब किसानहरु रोग भन्दा भोकले मर्न बाध्य हुदै आएका छन।
मकै हुर्काउने समयमा रासायनिक मलको चरम अभाव थियो तर मकै बेच्ने बेलामा पनि उचित मूल्य नपाएपछि निराश बनाएको स्थानियवासी मिना सुबेदी बताउनु हन्छ । यति मात्र होइन खेती लगाउन र घर चलाउन चर्को व्याज तिरेर ऋण लिएको बताउनु हन्छ अर्का किसान किसोरी सहनी । बरहथवाका व्यापारी संजिप कुमार दासका अनुसार कुखुरा पाल्ने व्यवसायी घटेको कारण मकैको मूल्य घटेको बताएका छन् ।
नेपाललाई कृषि प्रधान देश भनिएपनि सरकारी स्तरबाट भएको चरम लापरवाहीका कारण वर्षेनी हजारौं किसानहरु चर्को ऋणमा डुब्न बाध्य हुनुको साथै कतिपय किसानहरु आत्महत्या समेत गर्न बाध्य हुदै आएको छ। नेपालमा कृषि क्षेत्रमा प्रबल सम्भावना हुदा हुदा पनि सरकारले कृषि क्षेत्रलाई आधुनिकिरण तथा समयमा किसानहरु उन्नत जातका बिउ विजन, रासायनिक मल खाद तथा किटनाशक औषधीको साथै स्थानिय स्तरमा तालिम प्राप्त प्राविधिकको व्यवस्था गर्न नसक्दा लाखौं नेपाली यूवा खाडीको उच्च तापक्रममा रगतलाई पसिना सरह बगाउन बाध्य हुदै आएका छन।

LEAVE A REPLY