‘माननीयज्यू, नासुका आँशु देख्नुभएन’

सिंहदरबारका कर्मचारीहरुले आन्दोलन शुरु गरेको छन् । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिले हिजो संघीय निजामती सेवा विधेयक पारित गरिएसँगै त्यहाँ विभेदकारी प्रावधान घुसाइएको भन्दै नायब सुब्बा,सुब्बा लगायतका कर्मचारीहरुले सिंहदरबारभित्रै आन्दोलन शुरु गरेको हुन् ।उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध गरेका छन्। विरोधमा उत्रिएका नासुहरूले ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन’ भन्नेजस्ता प्लेकार्ड बोकेर शान्तपूर्वक प्रदर्शन गरेका हुन्। देशमा ३५ हजारभन्दा बढीको संख्यामा रहेका नासुको वृत्तिविकासमा बाधा पुग्ने गरी विधेयक ल्याइएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

Image may contain: 1 person, standing, crowd and outdoor


आन्दोलित भएका कर्मचारीहरुले आज बिहान कार्यालय समयदेखि नै परिसर भित्र भेला भई र्‍याली निकालेका छन् ।

Image may contain: one or more people, crowd, tree, child, outdoor and nature

LEAVE A REPLY