संघीय निजामती सेवा विद्येयक बहुमतले पारित

झण्डै डेढ बर्ष लामो छलफल पछि संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा ऐनको मस्यौदा प्रतिवेदन पारित भएको छ । समितिको सभापति शशी श्रेष्ठका अनुसार यसअघि नै तयार पारिएको प्रतिवेदन बहुमतले पारित भएको हो । समितिका २७ सदस्यमध्ये बहुमतबाट यो विद्येयक पारित भएको हो ।विद्येयकमा नेपाली कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु,देवेन्द्रराज कँडेल,डा डिला संग्रौला र अमरेश कुमार सिंहहरुले फरक मत राखेका थिए । यद्यपि यो विद्येयकमा बहालवाला मन्त्री हृदयेश त्रिपाठीको अहसती रहँदै आएको थियो । उनले विभिन्न बुँदाहरुमा असहमती प्रकट गर्दै आइरहेका थिए । समितिका बहुमत सदस्यहरुबाट विद्येयक पारित भएको हो ।


लामो समयदेखि विवाद हुँदै आएको प्रदेशको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्तर्गत हुने प्रस्ताव पास गरेको हो । प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुबै पदमा कर्मचारी संघीय सरकारले पठाउने छ ।

LEAVE A REPLY